शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

कोरोना भाईरसको खोप खरिद गर्न नेपाल सरकारले ५० अर्बको कोष खडा गर्यो

पूणर्पुष्टि, मंसिर १०

विश्व माहामारी कोरोना भाईरस ( कोभिड ) १९ नियन्त्रण हुन अझै सकेको छैन् । विश्का बिभिन्न देशहरुमा संक्रमणको संख्याहरु अझै पनि उत्तिकै व्यापक छन् । विश्वको बिभिन्न देशहरुले कोरोना खोप बनाई परिक्षणको तयारीमा जुटिरहेको छ ।

नेपालमा पनि कोरोना संक्रमण जटिल बन्दै गएको छ । यसका लागी नेपाल सरकारले विश्व बजारमा कोरोना भाइरस (कोभिड-१९) को खोप आउनासाथ खरिद गर्नका लागि ५० अर्ब रुपियाँको कोष खडा गरेको छ ।

खोप ल्याउने विषयमा स्वास्थ्य सेवा विभागस्थित बाल स्वास्थ्य तथा खोप शाखाले सबै खालको प्रक्रिया अद्यावधिक गर्ने जिम्मा पाएको छ ।

खोप खरिद गर्न सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाइसकेको र विभिन्न कम्पनीसँग नेपालका लागि प्रभावकारी हुने खोपबारे छलफल भइरहेको जानकारी स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिनुुभयो । डा. गौतमका अनुसार खोप ल्याउन प्रारम्भिक चरणको काम भइरहेको बताउनुभएको छ ।

डा. गौतमका अनुसार नेपालमा केही चुनौतीहरु सहज हुने बित्तिकै खोप तत्कालै भित्राउन सकिने बताउनुभयो । नेपालको मौसम हवापानी तापक्रम, बजारमा सहज उपलब्ध, र दुईदेखि आठ डिग्री सेन्टिग्रेडसम्म भण्डारण गर्न सकिने खोप भए नेपालका लागि छिट्टै खोप ल्याउन सहज उहाँले बताउनुभयो ।

नेपाल सरकारले खडा गरेको कोषले नेपालका सबै जनसंख्यालाई खोप खरिद गर्न पुग्ने नेपाल सरकारले जनाएको छ । सरकारले अध्यादेश ल्याएर खोप भित्र्याउन रहेका कानुनी बाधा समेत फुकाइसकेको जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: