मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

मगर बुद्ध सेवा समाज गठन

पूर्णपुष्टि/गाइघाट चैत्र ७

मगर जातिहरुको जातीय धर्म बौद्ध धर्म रहेको हो भन्ने ऐतिहासिक निर्णय भएपछि मगरहरुले हाल बुद्ध धर्मको अध्ययन अनुसन्धानसंगै बौद्ध संस्कार अनुशरण थालेका छन् । यो संगै ब्यबहारीक जिवनमा उतार्न थालेका छन् भने संगठितसमेत हुन थालेका छन् ।

हालसम्म ५५ जिल्लामा गठन भइसकेको नेपाल मगर बुद्ध सेवा समाज उदयपुरमा मंगलबार एक कार्यक्रमको आयोजना गरी ५६ औ नम्बरमा उदयपुरमा पनि गठन भएको छ । जसको अध्यक्ष तुल बहादुर बलम्पाकी मगरको रहेको छ भने उपाध्यक्षमा धन कुमारी मगर , सचिवमा नबराज थापा मगर , सह सचिवमा भीम बहादुर मगर , कोषाध्यक्षमा बालकुमारी मगर लगाएतका रहेका छन ।

कालान्तारमा हिन्दु धर्मको अतिक्रमणले मगरहरुलाइ हिन्दु धर्म मान्न बाध्य बनाएको भन्दै हाल आपm्नो इतिहास र धर्म संस्क्रृतिको खोजि गर्ने कार्य थालनी भएको नेपाल मगर संघ उदयपुरका अध्यक्ष तथा नेपाल आदिबासि जनजाति महासंघ उदयपुरका अध्यक्ष केशब खपाङ्गी मगरले बताउनु भयो ।

नेपाल मगर संघको २०५५ सालमा झापाको विर्तामोडमा भएको अन्तराष्टिय सम्मेलनले मगरहरुको जातिय सर्म बुद्ध धर्म हो भन्ने ऐतिहासिक निर्णय गरेपछि मगरहरुले बुद्ध धर्म अनुशरण गर्दै ब्यबहारिक जिबनमा उर्तान थालेका हुन ।

 

प्रतिक्रिया

%d bloggers like this: