शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

यो बर्ष खोटाङमा दुई हजार ३८८ घरमा जस्ताको छाना लगाईने

पूणर्पुष्टि, मंसिर १० 

खोटाङको दशटा स्थानीय तहमा यो बर्ष देखी जस्ताको छानो लगाउने अभियान सुरु गरिने छ । यो बर्ष २ हजार ३८८ घरमा जस्ताको छानो लगाईने भएको छ  । खर वा फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको कार्यक्रमअनुसार जस्ताको छानो अभियान सुरु गरिएको हो ।

१० वटै स्थानीय तहका प्रमुखको उपस्थितिमा भएको जस्तापाताको छाना वितरण कार्यक्रममा ऐँसेलुखर्क गाउँपालिकामा २३१, रावाबेँसी गाउँपालिकामा २०६, जन्तेढुङ्गा गाउँपालिकामा २२०, खोटेहाङ गाउँपालिकामा २८०, केपिलासगढी गाउँपालिकामा २११, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २०३, साकेला गाउँपालिकामा १५० र बराहपोखरीमा गाउँपालिकामा १९६ घरधुरीले जस्ता छाना पाउनेछन् ।

यस वर्ष फुसको छाना भएका वृद्ध, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई पहिलो प्राथामिकतामा राखेर जस्तापाता वितरण गरिने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जानकारी दिनुभयो । “आगामी वर्ष जिल्लाका अन्य खरको छाना भएका नागरिकको घरलाई समेत सम्बोधन गर्दै लगिने उहाँले बताउनुभयो ।

जस्तापाताको छाना वितरण गर्दा पुरानो मौलिक घरहरु (खरको छाना भएको पुरानो संरचनाका घुमाउने घर)का घरधनीले संरक्षण गर्न चाहेमा स्थानीय सरकारले वैकल्पिक व्यवस्था गर्ने गरी संरक्षणमा सहयोग गर्ने निणर्य गरिएको छ । यस्तै भूकम्पमा परेको घर जसलाई राज्यले अनुदान दिइसकेको छ भने, त्यस्तो घरलाई उक्त सुविधा नदिने निणर्य गरिएको सांसद भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

%d bloggers like this: