बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

पूर्णपुपष्टि,मंसिर १०

देशभर आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । नियमित कार्यक्रमअन्तर्गत ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि, पोषण तत्त्वले बनेको बालभिटा खुवाउने र बालबालिकाको पाखुराको नापसमेत आज र भोलि लिने परिवार कल्याण महाशाखाले जनाएको छ ।

बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनासम्मका बालबालिकालाई पोषक तत्त्व बालभिटा ख्वाउने कार्यक्रम रहेको महाशाखाले जनाएको छ ।

देशभरका २७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउने छन् भने  ६ लाख बालबालिकाले बालभिटा र २४ लाख बालबालिकाले जुकाको औषधि २ दिनको अवधिमा खुवाइने महाशाखाले जनाएको छ । दुईदिने भिटामिन ’ए’ कार्यक्रमा देशभरका ५२ हजार स्वास्थ्य स्वयमसेविका सक्रियता रहेको छ ।

प्रतिक्रिया

%d bloggers like this: