शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

प्रतिवन्धित औषधी सहित १ जना पक्राउ

   पूणर्पुष्टि, मंसिर १०

मोरङको बिराटनगर (१३ सैनिक टोल स्थितबाट प्रतिवन्धित औषधी सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय नरेश यादव रहेका छन । यादबलाई हिजो साँझ साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यादबले बिभिन्न किसिमका प्रतिवन्धित औषधीहरु भन्सार छली गरी ल्याएर आफ्नो घरमा लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा प्रहरीले उनलाई पक्राउ गरेका हुन् । यादवको घरमा खानतालासी गर्दा घरको पछाडी कम्पाउण्ड भित्र राखेको अवस्थामा क्तभचष्भि ध्बतभच ायच क्ष्लवभअतष्यल क्ष्उ द्धघड उअक, म्यहथअथअष्लिभ द्धद्दज्ञ उअक, ः(एचष्कय िद्धण् क्ष्लवभअतष्यल घछण् उअक, ल्भयउचबतभ छm िद्दण्ण् उअक, इपभचयल (ज्ञछट उअक, क्गअयक्गिअअष्लथ िअजयष्लिभ क्ष्लवभअतष्यल क्ष्उ ज्ञण्ण् उअक  लगायतका प्रतिवन्धित औषधीहरु फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बरामद औषधी र पक्राउ परेका यादवलाई आवश्यक कारबाहीको लागी औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाउने बुझाई आवश्यक कार्वाहीका लागि तयारी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तीमा खटिएको प्रहरी टोलीले विराटनगर(१३ स्थितबाट अवैध रूपमा भन्सार छली गरी ल्याएका लत्ता कपडाहरु बरामद गरेको छ । हिजो साँझ साढे ५ बजे विराटनगर(१३ हनुमान मन्दिर टोल स्थित एरियाबाट ६३ हजार ६ सय १० रुपैया बराबरको विभिन्न किसिमका लत्ताकपडा, कस्मेटीक सामान तथा खाध्यान्न सामाग्रीहरु फेला पारी बरामद गरेको हो । बरामद गरिएको उक्त सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: