बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

इन्जिनियर दिपक रानाको ब्यक्तिगत लगानीमा बेल्दोभान देखि फोक्सीन्टार सम्मको सडक सफाई

पूणर्पुष्टि, मंसिर ११

एसियन पेन्समा हेटौँडामा कार्यरत त्रियुगा नगरपालिका वडा नं १६ का इन्जिनियर दिपक रानामगरले आफ्नो व्यक्तिगत लगानीमा सडक सफाई गराएको छ । १६ नं वडाको बेल्दोवान देखि फोक्सिन्टार सम्मको सडक सफाईमा रानाले आफ्नो व्यक्तिगत लगानी गरेका छन् । आफ्नो गाउँ आफै बनाउ अभियान अन्तर्गत रानाले पहिले पनि गाउँठाउँका लागि थुप्रै सामाजिक सहयोग र आर्थिक विकास तथा पर्यटन विकासमा समेत टेवा पुराउने कुरोमा व्यक्तिगत जोड गर्दै आएका थिए ।

बर्खामासमा पानीले असर पारेको बाटोलाई सरकारको मुख नताकी आफ्नै व्यक्तिगत लगानी गरी रानाले बाटो सफाई गराएको हो । अहिले बाटो सफा भएपछि त्यहाँका स्थानीयहरुलाई आवत जावतमा अति सुविधा मिलेको स्थानीय हेमराज समाल मगरले बताए । सडक भएपनि ठाउँठाउँमा पहिरो र माटोका कारण गाउँसम्म सवारी आवत जावतमा समस्या पुग्ने समस्या रहेको थियो । अहिले बाटो बनेपछि गाउँमा सवारी र खाद्यन्नका लागि सहज भएको मगरले बताए ।

सडक सफाई भएसँगै पर्यटन विकासमा समेत जोड पुगेको छ । १६ नं वडाका पर्यटन तथा धार्मिक स्थलको रुपमा परिचित माहादेव झरना र माहादेव थानमा आवत जावतका लागि पनि सुविधा मिलेको छ । सडक राम्रो नभएको अवस्थामा महादेव झर्ना र माहादेव थानमा पर्यटनहरु कष्टकरमा हिडेर जाने गरेको स्थानीयहरुले बताए ।

इन्जीनियर दिपक राना

बिगत लामो समयदेखि हेटौडामा एसियन पेन्ट्स मा कार्यरत इन्जिनियर रानाले गाउँका लागि थुप्रै सहयोगहरु पहिले पनि गर्दै आएको स्थानीयहरु बताउँछन् ।

यस १६ नं वडाको फोक्सीन्टारमा पहिले देखिनै युवाहरु सक्रिय समूह रहेको छ । केशव रानाको संयोजकमा रहेको समूहले सामाजिक कार्यमा  पहिले देखि नै गाउँमा आवश्यक सरसहयोग गर्दै आएका छन्, ।

सामाजिक सहयोग अन्तर्गत गाउँमा महिला, दुखि गरिब र बिरामीहरुको लागि बिषेश सहयोग गर्दै आएको समूहका संयोजक केशव रानले बताए । रानाले अझ आउने दिनहरुमा गाउँविकासका लागि समूहमा रहेर पार्दशी र आफ्नो सक्रियाता बढाउने बताए । त्यसैगरी फोक्सीन्टारका स्थानीयहरुलाई खाद्यन्न कुटनपिसनमा समेत टेवा पुराउने काम भएको छ । घण्टौ लगाएर धान, मकै, कोदो, लगाएतका खाद्यन्न कुटाउनु अन्य ठाउँ पुराउनु पर्ने समस्या हल भएको छ । इन्जीनियर दिपक राना र स्थानीय केशव रानाको पहलमा स्थानीयहरुलाई कम्वाइनड मिल समेत उपलब्ध गराएको छ ।

दिपक राना मगरको छोरी दित्या राना मगर र केशव रानाको छोरा एरिक राना मगरको पस्नीको अबसर पारेर उक्त मिल सहयोग गरेको हो । गाउँमै मिल भएपछि स्थानीयहरुमा थप खुसी थपिएको छ । समयको सदुपयोग साथै खर्चमा पनि हल भएको छ ।

प्रतिक्रिया

%d bloggers like this: