शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

यो वर्ष कम जाडो हुने मौसमविदहरुको भनाई

पूर्णपुष्टि, मंसिर ११ 

मौसमविदहरुको अनुसार यो बर्ष कम जाडो हुने बताएको छ । नेपालमा ३० वर्षको सरदर तापक्रम हेर्दा कुनै(कुनै स्थानमा न्युनतम तापक्रम औसतभन्दा माइनस ४ डिग्री सेल्सियससम्म पुगेको र काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम माइनस ३ डिग्री हाराहारी पुगेको पाइएको छ ।

३० वर्षको जाडोयामको तुलनाको आधारमा नेपालमा यो वर्षको जाडोयाममा सरदरभन्दा कम पानी पर्ने र जाडो पनि कम हुने आँकलन गरिएको हो ।

३० वर्षअघिको सरदर मौसमी अवस्थालाई हेर्ने हो भने अधिकतम तापक्रम तीन÷चार दिनदेखि घट्न थालेको छ । न्यूनतम तापक्रम भने करिब १०÷१५ दिनदेखि नै घटिरहेको छ । त्यसैले बिहानको समयमा जाडो बढेको महसुस भइरहेको छ ।’

यो वर्षको हिउँदयाम सरदरभन्दा सुक्खा हुने र जाडो पनि कम हुने आँकलन मौसमविदहरु छ । जाडो अवधि (डिसेम्बर, जनवरी र फेब्रुअरी महिना) मा सरदरभन्दा कम पानी पर्ने र जाडो पनि कम हुने आँकलन गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलका अनुसार ‘समग्रमा सरदरभन्दा रेनफल अलि कम हुने र टेम्प्रेचर अलि बढी हुने  आँकलन रहे पनि यद्यपि यसको अन्तिम निचोड भने  निकालिसकेको जनाएको छ ।

दक्षिण एसियाका देशहरुको मौसमी अवस्थाबारे छलफल तथा विश्लेषण गर्ने ‘साउथ एसियन आउटलुक फोरम (सास्कोफ)’को भर्चुअल बैठक यही मंसिर ८ गते (गत सोमबार) बसेको थियो । सो बैठकमा यो वर्षको जाडोयाम कस्तो होला भन्ने विषयमा मौसमविदहरुले आ–आफ्नो विश्लेषण सुनाएका थिए । सो बैठकको अन्तिम निचोड भने सार्वजनिक भइसकेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव देखिएको छ । हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ ।

आगामी चौबीस घण्टामा प्रदेश नं. १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपात र पहाडी भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई क्षेत्रमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया