शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

मोरङमा २ कोरोना संक्रमित वृद्धको मृत्यु

पूर्णपुष्टि,मंसिर ११

मोरङमा उपचाररत थप २ जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । लेटाङ नगरपालिका–२ का ७० वर्षीय र रतुवामाई नगरपालिका–८ का ८० वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

७० वर्षीय वृद्धको बिहीबार बिहान नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । वृद्धको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि मंसिर ९ गते मंगलबार उनी मेडिकल कलेजमा भर्ना भएका थिए । उनीमा श्वाप्रश्वासमा समस्या हुको साथै खोकी लाग्ने र ज्वरो आउने लक्षण देखीएको अस्पतालले जनाएको छ । स्वास्थ्या अवस्था गम्भीर भएपछि उनलाई अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

त्यसैगरी कोरोना संक्रमित ८० वर्षीय वृद्धको बुधबार राति होम आइसोलेसनमै मृत्यु भएको छ । कोरोना पुष्टि भए पनि आफ्नै घरमा बसिरहेका वृद्धको राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

वृद्धको पीसीआर परीक्षण गराउँदा मंसिर १ गते रिपोर्ट पोजिटिभ आएको थियो । मृतकमा मृगौला सम्बन्धी पुरानै समस्या रहेको थियो ।

प्रतिक्रिया

%d bloggers like this: