शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

गाईघाटको जोगि पोखरीबाट ३२ ट्याब्लेट नाईटोजेपाम सहित एकजना पक्राउ

पूणर्पुष्टि, मंसिर १२

लागु औषाध सहित एक जनालाई त्रियुगा नगरपालिका १३ जोगिपोखरी बाट प्रहरीले पक्राउ गरेको छ । तरकारी बजारको गस्तीटोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका ३ सप्तरी फत्तेपुर बस्ने १९ बर्षिय प्रदीप देउजा रहेको छ ।

प्रहरीले संका लागि उनलाई खानतलासी गर्ने क्रममा ३२ ट्याब्लेट नाईटोजेपाम फेला पारेपछि लागुऔषाध सहित उनलाई  नियन्त्रणमा लिई थप अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी भिम बहादुर दाहालले बताउनुभयो ।

प्रतिक्रिया