मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

बेल्टारमा कार्यरत बिवेक तामाङ कार्तिक महिनाको सर्वोकृष्ट प्रहरी घोषित

पूणर्पुष्टि, मंसिर १२

१ नं प्रदेश प्रहरीको कार्तिक महनिाको सर्वोत्कृष्ट प्रहरीमा बेल्टारमा कार्यरत विबेक तामाङ घोषित भएका छन् । इलाका प्रहरी बेल्टारमा कार्यरत प्रहरी जवान तामाङ कार्तिक महिनाको सर्वोकृष्ट प्रहरी घोषित भएका हुन् ।

तामाङले अनुसन्धानको क्षेत्रमा बिषेश योगदान पुराउनुका साथै बिभिन्न जघन्य अपराध, फरार प्रतिवादी, अबैध धन्दा, लागुऔषाध, चोरी तस्करी जघन्य अपराध जस्ता क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गर्नमा अहम भुमिका खेलेको भन्दै प्रदेश प्रहरीले उनलाई सर्वोकृष्ट प्रहरीमा घोषित गरेको १ नं प्रदेश प्रहरीका सूचना समन्वय अधिकृत तथा प्रहरी नायव उपरिक्षक कबिन्द्र कुमार कार्कीले बताउनुभयो ।

प्रहरीको जिम्मेवारमा बफदार रही कानुन विपरित काम गर्ने व्यक्तिहरुलाई कानुनको दायरामा ल्याई नागरिकहरुलाई सुरक्षाको अनुभुतिमा कमि नहुन तामाङले महत्वपूणर् भुमिका खेलको भन्दै सर्वोकृष्ट प्रहरीमा उनलाई घोषित गरिएको १ नं प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचति मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय वरिाटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महनिा सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रण्टि गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा नर्मिाण गरएिको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय (क)  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महनिा सम्म राखदिै आईएको छ ।

प्रतिक्रिया

%d bloggers like this: