शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

वडाअध्यक्ष सहित ५ जनालाई पक्राउ पुर्जि जारी

पूणर्पुष्टि, मंसिर १२

किर्ते नागरिकताको आरोपमा वडाअध्यक्ष सहित ५ जनालाई जिल्ला अदालत बाग्लुङले पक्राउ पुर्जि जारी गरेको छ ।

पक्राउ पुर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले तत्कालीन वडा नं ४ का सचिव प्रेमबहादुर खड्का र कीर्ते नागरिकता लिनका लागि साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्य लाई पक्राउ गरेका छन् ।

अदालतले वडाध्यक्ष ध्रुवबहादुर केसी, कीर्ते नागरिकता लिने युवकका पिता गुरुदत्त आचार्य र स्थानीय महेन्द्र सापकोटालाई पक्राउ गर्न भनेपछि प्रहरी परिचालन भएको हो ।

फरक अभिभावक बनाएर कीर्ते नागरिकता लिएको आरोपमा बागलुङ नगरपालिका-६ बाट पङ्कज सापकोटालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

बागलुङ नगरपालिका-४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया