सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

उदयपुरे गायक उपेन्द्र बने ‘कान्तिपुर आईडल’

पूर्णपुष्टि/काठमाडौं, चैत्र ७ गते

-उदयपुरका गायक उपेन्द्र सहयात्री राई कान्तिपुर आईडल बनेका छन् । उदयपुरको रौतामाई गाउपालिका वडा नं. ५ घर भएका सहयात्रीले फागुन ६ गते आईडल जितेसंगै जिल्लाको नाम पनि राखेका छन् ।

गायनका हजार प्रतिष्पर्धीहरुलाई उछिन्दै आईडल बनेका सहयात्रीको यो सफलतासंगै अवको सांगीतिक यात्राको मार्ग फराकिलो बनेको छ ।

सनराज इन्टरटेन्टमेन्टद्वारा आयोजिट कान्तिपुर आईडलको फाईनल राउण्ड राष्ट्रीय नाचघरमा फागुन ६ गते भएको थियो । प्रतिष्पर्धी मध्ये दर्शक/श्रोताहरुबाट सबैभन्दा बढि मनपराइएका र सबैभन्दा धेरै भोट पाउनुका साथै निर्णायक राज सिग्देलको मन जितेर फाईनलमा जित हातपारेका सहयात्रीले पुरस्कारमा स्कुटर प्राप्त गरेका छन् । साथै चलचित्रको गति रेकर्ड, एक हप्ता थाईल्याण्ड भ्रमणको अवसरका साथै शिल्ड, प्रमाणपत्र पाएका छन् ।

गत भदौै ३१ गतेको पहिलो अडिसनबाट अगाडी बढेका सहयात्री टप १०, टप ५ हुदै फाईनल राउण्डको उपाधी चुम्न सफल भएका हुन् । आईडलमा फस्ट रनरअप समिर खरेल र सेकेण्ड रनरअप अभिषेक पोखरेल भएका छन् । पहिलेदेखि नै सांगीतिक क्षेत्रमा राम्रो सम्भावना बोकेका सहयात्रीले आप्mनो प्रतिभालाई निखारता दिदै आईडल जित्न सफल भए ।

पहिले उपेन्द्र राईले चिनिने उनी सांगीतिक फाँटमा गायनमा परिचित हुदै गएपछि सहयात्री बनेका हुन् । टाईटल जस्तै धेरैसंग सहयात्रा गरेका उनले अवका दिनमा अझ धेरै सांगीतिक हस्तिहरुसंग सहयात्रा गर्नेछन् । अग्रजको सम्मान र नयाँलाई साथ, सहयोग गर्ने सहयात्रीको स्वभावले धेरै सांगितिक उपलब्धी मिल्नेमा ढुक्क हुन सकिन्छ ।

प्रतिक्रिया

%d bloggers like this: