बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

कटारीमा आगलागी हुँदा पाँच लाख बराबरको क्षती

पूणर्पुष्टि, मंसिर १३

उदयपुरको कटारीमा आगलागी हुदा ५ लाख बराबरको क्षेती भएको छ । कटारी नगरपालिका ५ सोक्लामा मोहन गरीको घरमा आगलागी भएको हो । टाटीको बेरा र टिनको छाना भएको १ तले घरमा खाना पाकाउने क्रममा ग्यास लिग भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगो नेपाल प्रहरीको बारुण यन्त्र र स्थानीय बासीहरुको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीमा अन्नपात, लत्ता कपडा, भाँडा बर्तन, नगद रु २० हजार जलेको छ । आगो निभाउने क्रममा निज मोहन गरीको श्रीमतीको हात र खुट्टा आगोले पोल्दा सामान्य घाईते भएका छन् । उनीको हाल कटारी अस्पतालमा उपचार भईरहेको छ भने अन्य मानविय र पशु चौपायको भने कुनै क्षती नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया