शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

सवारी दुर्घटनामा २ जनाको मृत्यु

पूर्णपुष्टि,मंसिर १४

मोरङको २ छुट्टाछुटै स्थानमा सवारी दुर्घटना हुदा २ जनाका मृत्यु भएको छ । सुन्दरहरैँचा र उर्लाबारीमा शनिबार राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको हो ।

सुन्दरहरैचा नगरपालिका–८ सलकपुरमा को २ त ३१९६ नम्बरको ट्याक्टरले को ३८ प १६६५ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक घाईते भएका थिए । सुन्दरहरैचा नगरपालिका–५ का ४२ बर्षीय मकेश्वर चौधरीको उपचारको क्रममा राती १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

यसैगरी मोरङकै उर्लावारी नगरपालिका–८ मा मे ४ प ९२८५ नम्बरको मोटरसाईकल शनिवार राती ८ बजे अनियन्त्रीत भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाईते भएका छन् । दुर्घटनामा पछाडी सवार तेह्रथुम म्याङलुङ–९ का ४५ बर्षिय श्याम तामाङको मृत्यु भएको छ । उनको उपचारको क्रममा अरनिको अस्पतालमा सवा ८ बजे मृत्यु भएको प्रहीले जनाएको छ ।

यसैगरी मोटर साईकल चालक उपेन्द्र दनुवारको उपचार भईरहेको छ । उनको अरनिको अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: