शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

मोरङमा बसको ठक्करबाट एकको मृत्यु

पूर्णपुष्टि,मंसिर १४

मोरङमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा एक जानाको मृत्यु भएको छ । सुन्दर हरैचा–७ बस्ने ४० बर्षीय बिजेस लिम्बुको मोटरसाईकल दुर्घटनाबाट आज मृत्यु भएको हो ।

आज विहान  ८ बजे सुन्दर हरैचा–८ सलकपुर स्थित राजमार्गमा प्रदेश नं. १–०१–००१ ख ३४१० नम्बरको बसले को २१ प ५९९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक लिम्बु गम्भिर घाईते भएका थिए ।

घाईते लिम्बुको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने बस र चालक झापा कन्काई–१ का २९ बर्षीय बाबुलाल उराव नियन्त्रणमा रहेको प्रहरीले जाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: