बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

बिरगंन्ज बाट उदयपुर भित्राउँदै गरेको अबैध सामान सहित २ जना पक्राउ

पूणर्पुष्टि, मंसिर १५

लालपत्ता प्रहरीले बिरगन्जबाट उदयपुर भित्राउँदै गरेको अबैध सामान बरामद गरेको छ । कुनै पनि विल भर्पाई बिनाको रितेश शुद्ध मिठाई लेखिएको ३३ काटुन मिठाई प्रहरीले त्रियुगा नगरपालिका ६ लालपत्ताबाट पक्राउ गरेको हो ।

बिरगंन्ज बाट गाईघाट तर्फ आउँदै गरेको ना ५ च ३३३८ नं.को पिकअप सहित शनिवार २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विल भर्पाई नभएका कारण अबैध हुन सक्ने भन्दै प्रहरीले गाडी समान र चालकलाई पक्राउ गरेको लालपत्ता प्रहरीले जनाएको छ ।

अबैध सामान सहित महोत्तरी जिल्ला बर्दिवास नगरपालिका ९ बस्ने ३५ बर्षिय रामशरण महतो र जिल्ला महोत्तरी औरही न.पा. ७ बस्ने बर्ष २२ को सुसिल यादबलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी कर कार्यालय गाईघाट उदयपुर पठाएको ।

प्रतिक्रिया

%d bloggers like this: