शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

पूर्णपुष्टि,मंसिर १५

झापामा लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका  छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–४ का २६ बर्षीय श्याम मर्डी र ३५ बर्षीय गंगाराम कायस्थ्य हुन् ।

शिवसताक्षी नगरपालिका–६ बाट बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आईतवार दिउँसो २ बजे उनीहरुलाई पक्राउ गरेको हो । मे ५ प ५०३२ नम्बरको मोटरसाईकलमा सवार रहेका दुबैजनालाई रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट २३ ग्राम लागुऔषध ब्राउनसुगर र नगद १ लाख ८४ हजार बरामद भएको थियो ।

लागुऔषध तथा नगद सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: