शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

सरकार चलाउन हामि दोस्रो पुस्ता सक्षम छौ, दुबै अध्यक्षले छाड्नुस ः बर्षमान पुन

पूणर्पुष्टि, मंसिर १५

उर्जा मन्त्रि तथा नेकापाका स्थायी कमिटि सदस्य बर्षमान पुनले पार्टीका दुबै अध्यक्ष पुष्पकमल दाहाल र केपी ओलीले औपचारिक रुपमा पदबाट हट्ने निणर्य गर्नुपर्ने बताउनु भएका छन् ।

हामी दोस्रो पुस्ता दुबै पद लिन र चलाउन सक्षम र तयार छौँ । ‘दुबै अध्यक्ष तथा प्रधानमन्त्रीले पनि छाड्छु भन्नुहोस्  पुनले भन्नुभयो । तर यो विषय आवेश र उत्तेजनाको आधारमा नभई पार्टीको विधि र प्रक्रियागत रुपमा औपचारिक रुपमा हुनुपर्ने नेता पुनले बताउनुभयो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टी र सरकारको जिम्मा अब नयाँ पुस्तालाई हस्तान्तरण गर्न इच्छुक रहेको भनेको केही दिनमै नेता पुनले आफूहरु तयार रहेको प्रतिक्रिया दिनुभएका हुन् । तर यसका लागि उत्तेजनामा नभइ विधि र प्रक्रियागत रुपमा औपचारिक निणर्यबाट सम्भव भएको बताउँदै आफुहरु सरकारको नेतृत्वमा तयार रहेको प्रतिक्रिया दिनुभयो ।

साथै उहाँले नेकपाभित्रको अहिलेको विवादलाई लिएर देशभर चासो र चिन्ता भएको समेत बताउनुभयो । पुर्वमाओवादी समेत रहेका नेता पुन तत्कालिन भूमिगत अवस्थादेखि नै अध्यक्ष दाहालका निकट मानिन्छन् ।

पछिल्लो केही समययता नेकपाभित्र दुई अध्यक्षबीचको टकरावले गर्दा पार्टीका उच्चस्तरीय नेताहरुबीच नै मनमुटाव उत्पन्न भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग टकराब भइरहँदा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीको जिम्मेवारी अब नयाँ पुस्तालाई दिने घोषणा गरेका गर्नुभएको थियो ।

प्रतिक्रिया