बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

बेलकाको किरात चौकमा १० सैयाको आधारभुत अस्पताल सिल्यान्यास

ललित राई 

बेलका ,मंसिर १

बेलका नगरपालिकामा १० सैयाको आधारभुत अस्पताल बन्ने भएको छ । अस्पताल भवनको मंसिर १५ मा बेलकाका मेयर दुर्गा कुमार थापा ,उपमेयर राजकुमारी चौधरी , जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाद सुबेदी लगायतले संयुक्त रुपमा गर्नुभयो । अस्पताल बेलका ६ को किरात चौकमा सिलान्यास भएको छ ।

१०करोड ८३ लाख ३६ हजारको कुल लागतमा भवन निर्माण हुने बेलका नगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गौतमले कार्यक्रममा जानकारी गराए। अधिकृत गौतमले डीपीआर पछि लागत थपघट हुन सक्ने जानकारी समेत गराए ।

अस्पताल भवन सिलान्यासका क्रममा मेयर थापाले काम नगर्नेले कुनै गल्ती नगर्ने बताउदै ,काम गर्दा भएका गल्तीका ज़िम्मेवारी लिन आफु तयार रहेको बताए । मेयर थापाले बेलकामा ३८ वटा भवन लगायतका संरचना निर्माण भईसकेको,९० बर्ष अगाडी देखिको भुमि समस्या समाधान उन्मुख रहेको बताउदै नेपाल सरकारलाई नै भुमि नापी सम्बन्धीको नया मोडेल प्रस्तुत गरि अधिराज्यमै गुरु नगरपालिकाको रुपमा काम गर्न सफल रहेको बताए। भर्खर मात्रै नेपाल सरकारबाट बेलकाको वडा नं ५ मा औधोगिक ग्राम समेत स्विकृत भईसकेको बताउदै मेयर थापाले बिरोध गर्न पाउने व्यावस्था ल्याउनकै लागि आफुले जेल नेल भोगेंको बताए।बिरोध गर्न पन्चायतमा पो पाईन्नथ्यो,अहिले मज्जाले पाईन्छ,यही व्यवस्थाको लागि लडेको उदयपुरे राजिनितिज्ञहरु मध्ये म पनि एक हो,मेयर थापाले भने ।

अस्पताल भवनको सिलान्यास संगै मेयर थापाले बेलका नगरपालिका वडा नं ६ का वडाध्यक्ष बसन्त कुमार मगरलाई एम्बुलेंसको चाबी समेत हस्तान्तरण गरेका छन । एम्बुलेन्स कटुन्जे वबला स्वास्थ्य चौकीको मातहतमा रहनेगरी संचालनमा आउने जनाईएको छ भने सुत्केरी आमाहरुको लागि एम्बुलेन्सले निःशुल्क सेवा दिने छ।उपमेयर राजकुमारी चौधरीले महिलाहरुको ५० प्रतिसत हक़ अधिकार प्राप्तीका लागि अझै संघर्ष आवश्यक रहेको बताईन। उपमेयर चौधरीले न्याय ढिलो दिनुभनेको न्याय नदिनु सरह भएको बताउदै सरकारले नागरिकका मौलिक हकहरुलाई स्थापित गर्न महिलाहरुलाई पुणर् अधिकार सम्पन्न बनाउनु पर्ने बताईन।

वडा नं ९का वडाध्यक्ष तथा नगरका प्रवक्ता मोहन प्रसाद घिमीरेले बेलकाका नागरिकको भुमिमाथीको पुणर् स्वामित्व स्थापनाको लागि बेलका नगर सरकार लागिरहेको बताए।प्रबक्ता घिमीरेले मुलुकमा अब बेलका मोडेलमा जग्गा नापी भईरहेको समेत बताए।

उदयपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन प्रसाद सुबेदीले सरकारको लोक कल्याणकारी कार्यमा सबै जनसमुदाय मिलेर सहयोग गर्नुपर्ने बताउदै अस्पताल  भवन चाडै र दर्विलो निर्माणको लागि शुभकामना दिए ।

नेकपा नगर कमिटी अध्यक्ष मनोज तामाड०ले महान सहिद र जनताको रगत, र पसिनाबाट प्राप्त संघियता,गणतंत्र ,धर्मनिरपेक्ष र समावेसितालाई संस्थागत गर्दै बिकासका संवालमा सबै राजनितीक दलहरु एकठाउमा उभिनु पर्ने बताए।अध्यक्ष तामाड०ले सबैखाले समस्याको समाधान छलफल र संवादको टेवलबाट हल हुने वताउदै बेलकाको ईतिहासमा अस्पताल निर्माण हुनु भनेको ऐतिहासिक दिनको सुरुवातीको दिन भएको बताए ।

नेता तथा नगर सल्लाहकार रमण भट्टराईले मुलुकको सम्बृद्धिको यात्रा संगै सरकारले स्वास्थ्य सेवालाई स्थानिय स्तरमै उपलब्ध गराएर जनप्रिय कार्य गरेकोमा प्रंससा गरेका थिए।

नगर सल्लाहकार तथा नेकपा नगर सचिव गणेश बस्नेतले बेलकामा स्वास्थ्य को क्षेत्रमा ठुलो फड्को मारेको बताउदै सुतेर बस्दा मात्र बिकास नआउने धाराणा राखे ।

जनता समाजवादी पार्टीका नगर अध्यक्ष सुरेन्द्र राईले बिकास गर्ने काममा कुनै पनि प्रतिपक्ष दल नरहेको बताउदै आफ्नो पार्टी सबैसंग हातेमालो गरेर अगाडी बढ़्ने बताए।जन समाजवादीका नेता मणि कुमार राईले स्वास्थ्य उपचारका लागि बाहिर धाउनु पर्ने स्थितीको अब अन्त्य भएको बताउदै घरकै पेटीमा स्वास्थ्य सुबिधा पाउने भएकोले आफु हर्षित भएको बताए ।

प्रतिक्रिया