बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

उदयपुर सिमेन्ट उद्योग सुधारको माग गर्दै मेयरलाई ज्ञापन पत्र

पूर्णपुष्टि, मंसिर १६

उदयपुर सिमेन्ट उद्योग सरोकार समितिले उद्योगमा राजनितिक हस्तक्षेप सँगै चरम भ्रष्टचार र लापर्वाही भएको भन्दै तत्काल यसको सुधार र उद्योगलाई संरक्षण गर्न लागि पर्नु पर्ने बताएको छ । त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीलाई ज्ञापन पत्र बुझाउँदै उद्योग सुधारका लागि माग राखेका छन् ।

आईतबार सरोकार समितिले ज्ञापन पत्र जारी गर्दै पछिल्लो समय उद्योगमा व्यापक भ्रष्टचार सँगै देशकै गौरवको उद्योगको रुपमा रहेको उद्योगलाई हेटौँडा सिमेन्ट उद्योगमा गाभ्ने यी कुराहरु जायज नभएको जनाएको छ ।

समितिले उद्योग बचाउन सबै नागरिक, सामाजिक अभियन्ता, राजनितिक दल, स्थानीय जनताहरुलाई एक जुट बन्न अनुरोध गरेका छन् । समितिले उद्योग काममा नभई नाममा मात्रै सिमित भएको जनाएको छ ।

उदयपुरे जनता मात्रै नभई देशभरीकै जनताहरुको सान, मान रहेको उद्योगको बरेमा पछिल्लो समय बिभिन्न् हो हल्ला र अनावश्यक सल्लाहरुमा उद्योग संञ्चालन भईरहेको समितिको भनाई छ ।

उद्योग दिनदिनै टाँट पल्टने अवस्थामा पुगेको भन्दै यसको तत्काल सुधार र व्यवस्थापन हुनु पर्ने ज्ञापन पत्रमा उल्लेख छ । जनताले तिरेको करको तलव भत्ता खाएर मात्र कर्मचारी पाल्ने काम मात्र नगरी आम जनताहरुको लागि उद्योगको सर्वाङगिण विकासमा ध्यान पुराउनु पर्नेमा समितिले जोड गरेको छ ।

लापर्वाहि र भ्रष्टचारीलाई तत्काल नरोके समितिले यसको लागि जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको चेतावनी दिएको छ । समितिले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई पनि ध्यानाकर्ष उद्योग सुधारका लागि ध्यानाकर्षण गराएका छन् ।

 

प्रतिक्रिया

%d bloggers like this: