बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

पूर्णपुष्टि,मंसिर १७ 

सुनसरीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भोक्राहा नर्सीङ गाँउपालिका–८ बस्ने १० बर्षीया रेहना खातुनको मृत्यु भएका हो ।

आज विहान पौने १० बजे भोक्राहा स्थित भित्री सडकखण्डमा को २ त २०२३ नम्बरको  ट्याक्टरले को ११ प १२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकल पछाडी सवार रहेकी बालिका खातुनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र चालक सुनसरी गढी–२ का ३५ बर्षीय अनिल उराउ  नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: