शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

लागुऔषध सहित १ जना पक्राउ

पूर्णपुष्टि,मंसिर १७

सुनसरीमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । दुहवी नगरपालिका–११ का २३ बर्षीय अनिल साहलाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले दुहवी नगरपालिका–३ बाट लागुऔषध सहित साहलाई पक्राउ गरेको हो । उनको साथबाट १०० एम.एल.को डाईलेक्स डि.सी.२४ वोतल, नाईट्राभेट २९१ ट्यावलेट, नाईट्रोसन १२० ट्यावलेट र स्पास्मोप्रोक्सिभोन १८३ क्याप्सुल लागुऔषध बरामत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका साहको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: