बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

फरार प्रतिबादी १५ बर्ष पक्राउ

पूर्णपुष्टि,मंसिर १७ 

मोरङमा सवारी ज्यान मुद्दाका फरार प्रतिबादीलाई १५ बर्ष पछि पक्राउ परेको छ । ग्रामथान–२ का ३३ बर्षीय वलराम सरदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

२०६२ साल मंसिर १९ गते सरदारले चलाएको कस्तुरी उच्च माध्यमीक विद्यालय इटहरीबाट संचालित ना २ ख ६० नम्बरको बस सुनसरी मधेशा–४ राजमार्गमा दुर्घटना भएको थियो ।

बसमा सवार रहेकी छात्रा १८ बर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको थियो । बस दुर्घटना पश्चात फरार रहेका सरदारलाइ हिजो पक्राउ गरी उनि माथि कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया