बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

उदयपुरमा बम विस्फाेट, साैर्य सिमेन्ट उद्याेगलाई क्षती

पूर्णपुष्टि, मंसिर १९ ।

उदयपुरमा गएराती ४ वटा बम विस्फाेट भएकाे छ । अज्ञात समुहले कटारी नगरपालिकाकाे वडा नं. ८ भन्टाबारी स्थित साैर्य सिमेन्टकाे चुनढुङ्गा खानीमा बम विस्फाेट गराएकाे हाे । खानी क्षेत्रकाे एकै ठाउमा ४ वटा बम विस्फाेट गराएकाे हाे।
मध्येराती एक्कासी ठुलाे अावाजमा बम विस्फाेटनकाे अावाज गाउलेहरुले सुनेका थिए । अातंकित हुदै भागदाैड चल्दा चारजना सर्वसाधारण सामान्य घाईते भएका छन् । घाइतेहुनेहरुमा कटारी नपा-७ का अन्दाजी २३ वर्षिय नवीन मगर, २४ वर्षिय बिस्णुबहादुर मगर, उदयपुरगढी गा.पा.-२ का २७ वर्षिय दुर्गाबहादुर तामाङ र मकवानपुर जिल्लाकाे भिमफेदि गापा.-९ का ३० वर्षिय सागर मोक्तान रहेका छन् । उनीहरु सबैकाे खुट्टामा सामान्य चाेट लागेकाे छ । घाईतेहरु उद्याेगकै कामदार रहेकाे बुझिएकाे छ ।
जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालका अनुसार बम विस्फाेटबाट भाैतिक क्षति छ, मानवीय क्षति भने भएकाे छैन । भागदाैडमा घाइतेहरुकाे कटारि अस्पतालमा उपचार भएकाे छ ।
प्राप्त जानकारी अनुसार राती तीन/चार जनाकाे समुहमा अाएका अपरिचित व्यक्तिहरुले त्यहाँ रहेका कामदारहरुलाई हप्काउदै बम विस्फाेट गराएका थिए ।
सुतिरहेका कामदारहरु हप्किदप्कि पछि भागेका थिए ।
अज्ञात समुहले एक माेटर साईकल र एक स्काईभेटरमा पेट्राेल खन्याई अागजनिसमेत गरेका छन् । अागजनिबाट माेटरसाईकल पूर्ण क्षति भएकाे छ भने स्काईभेटरकाे क्याविनमा क्षति भएकाे छ ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारी र सशस्त्र प्रहरी बेस कटारीकाट गएको सुरक्षाटाेलीले घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाएका थिए भने बम बनाउन प्रयाेग गरिएका टेप, प्लाष्टिकहरु फेला पारेका थिए ।
बिस्फोट र आगोलागीबाट अन्दाजी मूल्य रु १५ लाख बराबरकाे क्षति भएको प्रारम्भिक अनुमान छ ।
घट्ना कुन समुहले घटाएको भन्ने खुल्न नसकेको, खोजी तलासी कार्य भइरहेको प्रहरीले जनाएकाे छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

%d bloggers like this: