बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

१३ नं. वडामा २ दिने तरकारि खेती तालिम सम्पन्न

पूर्णपुष्टि,मंसिर १९

त्रियुगा नगरपालिका वडा नं १३ को २  दिने तरकारी खेती तालिम सम्पन्न भएको छ । जनजातिहरुलाई आयआर्जन तथा ब्यवसायीक तरकारी खेती सम्बधि २ दिने तालिम बुधबार र बिहिबार वडा कार्यलयमा गराइएको थियो ।

तालिममा वडका २५ जना सहभागी रहेको थियो । नगरपालिकाको सामाजिक विकास शाखाबाट जनजातिहरुलाई आयआर्जनको लागि व्यावसायीक मुखी बनाउने मुख्या उद्देश्यका साथ कार्याक्रमको आयोजना गरीएको वडा अध्यक्ष पशुपति चौधरीले जानकारी दिनुभयो । व्यवसायीक तरकारी खेती र आत्मानिर्भरमुखि कृषक उत्पादनका निम्ति २ दिने तालिमले ठुलो सहयोग पुराउने अध्यक्ष चौधरीले बताउनुभयो । तालिम सँगै वडाले कृषि सामाग्रीहरु समेत वितरण गरेको छ । कृषकहरुलाई बिउविजन र कृषिका लागि आवश्यक समाग्रीहरु वितरण गरिएको थियो ।

प्रतिक्रिया

%d bloggers like this: