बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

चार बम विष्फाेट भएकाे ठाउँमा थप दुई बम डिस्पोज

पूर्णपुष्टि, मंसिर १९ ।

उदयपुरको कटारी ८ भान्टाबारी स्थित सौर्य सिमेन्टको चुनढुंगा खानीमा गएराती चारवट बम विष्फोट भई क्षती पुगेकोमा थप दुईओटा बम डिस्पोज गरिएको छ । सुरक्षा स्रोतका अनुसार घटनास्थलमा भेटिएका थप दुईओटा बम नेपाली सेनाले डिस्पोज गरेको हो । रणसार्दुल गणबाट खटिएको डिस्पोजल टोलीले बम डिस्पोज गरेको हो । दुईओटा बम मध्ये एकओटा बोतलबम र अर्को गिलास बम रहेको जनाइएको छ ।

अज्ञात समुहले बम विस्फोट तथा आगजनीसमेत गराउदा एउटा मोटरसाईकल पूर्णरुपले जलेर नष्ट भएको छ भने एक स्काईभेटरमा क्षती छ । राती भागदौडमा पाँचजना घाइते भएकोमा उनीहरुको कटारी अस्पतालमा उपचार भएको छ ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा कडाइ पार्नुका साथै विस्फोट गराउने समुहको खोजी गरिरहेको प्रहरीले जनाएको छ । घटनाकाे जिम्मेवारी कसैले लिएकाे छैन र कारण खुल्न सकेकाे छैन ।

प्रतिक्रिया

%d bloggers like this: