शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

लागुऔषध सहित ३ जना पक्राउ

 

सुनसरी र मोरङको दुई स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । बिहिवार अपरान्ह ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान(१० बाट स्थानीय ४८ बर्षीय पुर्ण बहादुर लिम्बु र धरान(११ का ५० बर्षीय साखुरा लिम्बुलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

निजहरुको घर कोठामा नै लागुऔषध संचित गरी राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निजहरुको घर कोठाबाट म्क्ष्ब्ीभ्ह्(म्ऋ ज्ञण्ण् m िलेखिएको ३६ बोतल, स्पास्मोप्रोक्सिवन प्लस ७२ क्याप्सुल, नाईट्रोसम ६ ट्याब्लेट, नगद २९ हजार ५०० समेत बरामद गरेको थियो ।

लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । यसैगरी मोरङको कटहरी गाउँपालिका(१ बाट सोही गाउँपालिका(३ का २० बर्षीय अनुकेत माझी लागुऔषध सहित पक्राउ परेका छन् ।

निजको साथबाट प्रहरीले नाईट्राभेट ५०० ट्याब्लेट र डाईलक्स डि.सी. ७ बोतल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका माझीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

प्रतिक्रिया