बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

हतियार सहित एक जना पक्राउ

पूर्णपुष्टि, मंसिर २१

मोरङ सुनबर्सी(५ झुगी चोक स्थितबाट हतियार सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ४१ बर्षीय राजकुमार मण्डल रहेका छन ।

विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मण्डललाई शनिवार दिउसो सवा १२ बजे नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनि उपर चेकजाँच गर्दा कम्मरमा लुकाई छिपाई राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र नगद १९ हजार ३ सय २५ रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका मण्डललाई थप अनुसन्धान तथा ईलाका प्रहरी कार्यालय रंगेलीबाट कानुनी कारबाही अगाडी बढाईएको छ प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया