आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

१३ नं वडामा लैँङगिक हिंसा सम्बन्धि २० जोडिलाई २ दिने तालिम

पूणर्पुष्टि, मंसिर २२

लैँङगिक हिंसा सम्बन्धि १६ दिने अभियान अन्र्तगत त्रियुगा नगरपालिका वडा नं १३ ले २० जोडिलाई सोमबार बाट तालिम दिन सुरु गरेको छ ।

लैँङगिक हिंसा अन्त्यका लागि श्रीमान श्रीमती र महिला पुरुषमा प्रत्यक्ष चेतना फैलाउन वडाका २० जोडिलाई तालिममा सहभागी गराएको वडाले जनाएको छ । उदयपुरमा भईरहेको १६ दिने अभियान अन्र्तगत यो निकै उपलब्धी र महत्वपूणर् कार्यक्रम बन्न सक्ने वडाले विश्वास दिएको छ ।

म हिंसा गर्दिन, म हिंसा सहन्न, लैँङगिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको एक्यबद्धता भन्ने नारासका साथ वडाले तालिमको आयोजना गरेको हो ।

२ दिन गर्न लागिएको यस तालिमको उद्घाट १ नं प्रदेश साम्सद सुनिता चौधरीले गर्नुभयो । तालिमको उद्घाटन गर्दै साम्सद चौधरीले लैङगिक हिंसा अन्त्य गर्न पहिले सबै नागरिकहरु चेतनसिल हुनु पर्ने बताउनुभयो । उहाँले प्रत्येक व्यक्तिको आफ्नै इच्छा अधिकार हुने कुरामा सबै नागरिकहरुको  ज्ञान रहे लैँङगिक हिंसा न्युनिकरण मात्र नभई अन्त्यनै गर्न सकिने बताउनुभयो ।

सांम्सद चौधरीले अहिले पुरुषहरु पनि उत्तिकै हिंसामा पर्ने बताउनुभयो । महिला वा पुरुष कोहि पनि हिंसामा पर्न नहुने र समाजको सभ्य नागरिक बन्न हिंसा निम्त्याउन नहुने उहाँले बताउनुभयो ।

देशैभर चलाईरहेको यस अभियान उदयपुरमा पनि निरन्तर चलिरहेको छ । यसै कार्यक्रमको बिच १३ नं वडाले श्रीमान श्रीमती र महिला पुरुष एकआपसमा हुने हिंसा नै लैँङगिक हिंसा रहेको भन्दै जोडिहरुलाई नै यस तालिममा सहभागी गराएको १३ नं वडाका अध्यक्ष पशुपती चौधरीले बताउनुभयो ।अध्यक्ष चौधरीले पुरुष या महिला आफ्नो अधिकार भित्र रहेका कुराहरु जस्ले इच्छा बिपरित गर्छ त्यो नै लैँङगिक हिंसा रहेको बताउनुभयो । तर नेपाली समाजमा बढी भन्दा बढी महिलाहरु नै लैँङगिक हिंसाको सिकार पर्ने गरेको उहाँले बताउनुभयो । उहाँले लैङगिक हिंसा न्युनिकरणका लागि श्रीमान श्रीमती र महिला पुरुष दुवैमा चेतना हुनु पर्ने भन्दै जोडि तालिमको आयोजना गरेको बताउनुभयो ।

यो तालिमलाई भव्य रुपमा गर्न खोजिए पनि कोरोना भाईरसका कारण सिमत मान्छे र सामाजिक दुरीमा रहेर गर्नु पर्ने भएकाले व्यापक रुपमा गर्न नसकेको अध्यक्ष चौधरीले बताउनुभयो । यस अभियान अन्र्तगत गाउँगाउँमा लैँङगिक हिंसा सम्बन्धि जोडिहरुलाई तालिम दिने बारे सबै टोल विकासहरुमा वडाले तिव्र प्रचार प्रसार गरेको समेत उहाँले बताउनुभयो । त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राई लगाएत अन्य उपस्थितिहरुले १६ दिने लैँङगिक हिंसा न्युनिकरणका लागि २ दिने जोडि तालिम उत्कृष्ट बन्न सक्ने बताउनुभयो । यो अभियान भित्रको निकै प्रभावकारी र नमुना कार्यक्रम रहेको उपस्थितिहरुले बताउनुभयो । 

वडा सचिव भिमा राईले १३ नं वडामा लैँङगिक हिंसा सामान्य रुपमा मात्र रहेको बताउनुभयो । हुदै नभएको पनि होइन तर भव्य रुपमा पनि छैन उहाँले भन्नुभयो । अन्य ठाउँमा जस्तो छरपष्ट रुपमा वडामा हिंसा नरहेको राईले बताउनुभयो । राईले यस सम्बन्धि वडाले अन्य कार्यक्रमहरु पनि तयार गरेको र १३ नं वडालाई लैँङगिक हिंसा मुक्त नमुना वडाको रुपमा चाँडै चिनाउन वडा र वडावासीहरु लागि परेको बताउनुभयो । तालिमलाई (सीएमसी) की रन्जना ताज पुरीया र (ओसीएमसी) की अम्विका मगरले सहजीकरण गर्नुभएको छ ।

प्रतिक्रिया