शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

१३ नं वडामा १९ लाख बराबरको सिंचाई कुलोको सिल्यान्यास

पूणर्पुष्टि, मंसिर २२

त्रियुगा नगरपालिकाको १३ नं वडा कृषि वडाका रुपमा पनि परिचित छ । यो वडामा थुप्रै आत्मानिर्भर व्यवसायीक कृषक र कृषिहरु गरिन्छ । त्रियुगा नगरपालिका भित्र रहेको १६ वडा वडाहरु मध्यकै बढी कृषियोग्य जमिन र सिंचाईको सुविधाका कारण याहाँ कृषि व्यवसाय र कृषकहरु पाईन्छ ।

कृषकहरुलाई सुविधा र कृषिलाई सहजताका लागि वडाले वडाको ढिक देखि बहेडुवा सम्म कुलो निर्माण गर्ने भएको छ । कुलो निर्माणका लागि आईतबार त्रियुगा नगरपालिका १३ नं वडाकी वडा अध्यक्ष पशुपति चौधरीले तत्कालै निर्माण गरिने सिँचाई कुलोको सिल्यान्यास गर्नुभयो ।

कुलो १९ लाख बराबरको लागतमा साना सिंचाईको सहयोगमा निर्माण हुने वडा अध्यक्ष पशुपति चौधरीले बताउनुभयो । कुलोले कृषक र कृषिलाई थप सहयोग पुराउने र थुप्रै व्यवसायीक कृषकहरु लाभान्वीत भई व्यवसायी कृषक बन्नेमा सहयोग पुग्ने बताउनुभयो ।

अमाहा खोलाको जरुवा पानीलाई कुलो बाट किसानहरुको खेती सम्म पुराएर सदुपयोग भन्दै सिंचाई कुलो निर्माण गरिने पनि चौधरीले बताउनुभयो ।

प्रतिक्रिया

%d bloggers like this: