बिहि, बैशाख ३०, २०७८
Thu, May 13, 2021

प्रहरी जवानको प्राविधिक लिखित परिक्षामा नक्कली परिक्षार्थी पक्राउ

मोरङ  मङ्सिर २२ गते

बिराटनगरमा नक्कली परिक्षार्थी पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका (४ गोग्राहा माध्यामिक बिद्यालयमा अर्कैको नाममा परिक्षा दिरहेको अवस्थामा एक जनालाई प्रहरीले सोमवार पक्राउ गरेको हो ।

लोक सेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा दिइरहेको अवस्थामा सुनसरीको हरिनगरा गाउँपालिका(१ का १८ बर्षीय बिल्साद आलम पक्राउ परेका छन् ।

उनी हरिनगरा(१ का २६ बर्षीय अवताव आलमको ठाउँमा परीक्षा दिईरहेको अवस्थामा प्रहरीले पक्राउ गरेका थिए । नक्कली परिक्षार्थी भन्ने जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया

%d bloggers like this: