आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

गाईघाटमा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

पूर्णपुष्टि,मंसिर २३

गाईघाटमा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–११ का ५६ वर्षिय लक्ष्मण भुजेलको चिसोले कठ्याङ्ग्रिएर मृृत्यु भएको हो ।

गाईघाटको डिएमगेट स्थित मेन चोक सडक खण्ड अन्तर्गत त्रियुगा नमुना मावि पुरानो भवन सडकमा ओत लागि बस्ने भुजेललको अत्यादिक चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

भुजेल सडकमा मागेर खाने हिड्ने गरेको प्रहरीले जनाएको छ । भुजेलको घर आदी गाईघाट–दिक्तेल सडकमा काटिए पछि बाँकी घर समेत बेचेर माग्दै हिँड्दै गरेको स्थानीयहरुको भनाई छ ।

प्रतिक्रिया