आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

आनन्दको, तिम्रो बोलीले गितको भिडियो सार्वजानिक

पूर्णपुष्टि,मंसिर २३

गायक आनन्द खत्रीको नविनतम गीत ‘तिम्रो बोलीले …’ को भिडियो हालै सार्वजनिक भएको छ । माया प्रेममा आउने उतार चढावलाई मीठो शब्दमा तयार गरिएको ‘तिम्रो बोलीले …’ गीतलाई गायक खत्रीले निकै नै मीठो लोक पप भाकामा तयार पारेका छन् । यूवापुस्तालाई विशेष ध्यान दिएर कोरिएको शब्दहरुमा खत्रिले उतिकै मिठास स्वरले भरेका छन् ।

प्रेमिल जोडीको रोमान्चक कथावस्तुलाई समेटिएको ‘तिम्रो बोलीले …’ बोलको गीतको भिडियोमा अनु खड्का, क्रिसल श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन् । उनीहरुलाई सन्तोष केसी, पर्ल शाक्य, युजन श्रेष्ठ, रंजित महतले अभिनयमा साथ दिएका छन् । भिडियोमा अनु खड्काको कोरियोग्राफी, प्रजिता श्रेष्ठ र स्रिष्टीना श्रेष्ठको श्रृङ्गार, आयुष महतको ड्रोन अपरेट, विबेक शाक्यको छायाँकन, सम्पादन, कलरिङ तथा निर्देशन रहेको छ ।

आनन्द खत्री एण्ड फ्रेण्ड्सको प्रस्तुति  ‘तिम्रो बोलीले …’मा गायक खत्री कै शब्द, संगित, विवेक शाक्यको संगित एरेन्ज रहेको छ । गितको भिडियो गायक खत्रीको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया