बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

सगरमाथाको उचाई सार्वजानिक

पूर्णपुष्टि, मंसिर २३

विश्वकै अग्लो सर्वोच्च सिखर सगरमाथाको उचाई बढेको छ । सगरमाथाको उचाई ८ हजार ८ सय ४८.८६ पुगेको सार्वजानिक भएको छ । यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मात्र रहेको थियो । भने हाल ८ हजार ८ सय ४८.८६ पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन् । दुबै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो । यसको लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो ।

सगरमाथाको मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्राष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सल्लाह र सुझाव मागेको थियो । सो गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतलगायत देशका प्रतिनिधिको सहभागिता थियो ।

नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो ।

 

 

 

 

प्रतिक्रिया

%d bloggers like this: