बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

विराटनगरमा भन्सार छलेको सामान बरामद

पूर्णपुष्टि,मंसिर २४

विराटनगरमा भन्सार छलेको करिब २ लाख मूल्य बराबरको थर्मकोट प्रहरीले बरामद गरेको छ । विराटनगर महानगरपालिका–१७ मटेरूवा बस्ने जसिम कुजराको घरमा राखिएको १४७ सेट थर्मकोट प्रहरीले फेला पारेको हो ।

अन्दाजी २ लाख रुपैयाँ बराबरको जाडोमा लगाउने थर्मकोट भन्सार छलेर ल्याइएको हुनाले उक्त सामान कारवाहीका लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया