बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

जंगली हात्तिले क्षेती पुराएको ८ घरलाई भुमि अधिकार मञ्च र केयर नेपालको राहत सहयोग

पूर्णपुष्टि, मंसिर २४

त्रियुगा नगरपालिका ६ माटे खोला र मोहनपुरमा जंगली हात्तिले क्षति पुराएको ८ घरलाई राहत उपलब्ध भएको छ ।

भुमि अधिकार मञ्च उदयपुर र केयर नेपालले खाद्यन्न र लत्ता कपडा बुधबार क्षति पुगेको घरघरमै पुगेर वितरण गरेको हो ।

भूमि अधिकार मञ्चले खाद्यन्न र केयर नेपालले लत्ता कपडा सहयोग गरेको हो ।

भूमि अधिकार मञ्चले प्रत्येक ८ घरलाई ५० केजीको दरले चामल, १० किजीको दरले आँटा, ५ केजीको दरले चिउरा, ३ केजीको दरले, दालमोठ, ३ केजीको दरले चिनी, ३ केजीको दरले नुन र २÷२ ढल्ला सावुन लगाएत खाद्यन्न सहयोग गरेको भूमि अधिकार मञ्च उदयपुरका संयोजक फुर्तिमान राईले बताउनुभएको छ ।

यता केयर नेपालले प्रत्येक ८ परिवारलाई १÷१ ओटा बाल्टीन, १÷१ ओटा त्रिपाल, १÷१ ओटा स्पम्प,स्वीटर, साडी सावा १÷१ पिस, कुर्ता सरुवाल १÷१ जोड ब्रस मन्जन लगाएतका घरायसी र लत्ता कपडा सहयोग गरेको संयोजक राईले बताउनुभयो ।

मंसिर ७ गते ठुलो संख्यामा आएको हात्तिले गाउँनै आंतङकित बनाएका थिए । जंगली हात्तिले गाउँ छिरेर ११ घरमा क्षति पुराएकोमा ८ घर भने पूर्ण रुपमै ध्वस्त बनाएका थिए ।

हात्तिले घर भत्काउनुका साथै घरभित्र रहेको सम्पूर्ण सामान लत्ता कपडा, खाद्यन्न घरायसी सामान सबैमा क्षति पुराएको स्थानीयहरुले बताएको छ ।

 

प्रतिक्रिया

%d bloggers like this: