आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

उदयपुरको लिम्चुङबुङमा छोरीको कुटाइबाट बाबुको मृत्यु

पूर्णपुष्टि,मंसिर २५

उदयपुरको लिम्चुङबुङमा छोरीको कुटाइबाट बाबुको मृत्यु भएको छ । लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछामा २८ वर्षिया छोरी अनिता थापामगरको कुटाईबाट  ५५ वर्षिय बुबा नेत्र बहादुर थापामगरको बुधबार राति मृत्यु भएको हो ।

प्रहरीकाअनुसार मादक पदार्थ सेवन गरेर बाबु र आमा विचको झगडा भएको निहुमा छोरीको कुटाईबाट बाबुको मृत्यु भएको हो ।

गाउँलेले आमा बाबुको ठूलो झगडा भईरहेको छोरीलाई सुनाएपछि छोरीले बाबुलाई कुटपिट गरेको थियो । कुटपिटबाट बाबुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट ल्याउने क्रममा रहेको लिम्चुङबुङ गाउँपालिका–२ का वडा सदस्य बोधबहादुर थापामगरले जानकारी दिए । घटना बारे थप अनुसन्धानको लागि मृतकका छोरी र श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

%d bloggers like this: