बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

शिक्षामा कोभिडको असर र शिक्षाअधिकारको विषयमा अन्त्तरकृया

पूणर्पुष्टि, मंसिर २६

। “वर्तमान अवस्थामा शिक्षा र स्थानिय स्तरमा शिक्षाको अधिकार” विषयक एक दिवसिय अन्तरक्रिया कार्यक्रम विहिबार सम्पन्न भएकोछ । ७२ औं विश्व मानवअधिकार दिवसको अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान(एनसिई) नेपाल, जिल्ला समन्वय समिति उदयपुरको आयोजना र संगम सामुदायीक पुस्तकालयको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा शिक्षा विदएवं अनुसन्धान अन्वेशनकर्ता ईन्द्र याम्फु राईले कोभिड १९ कारणले देशभरी सार्वजनिक विद्यालय शिक्षामा परेको असर, अवसर र चुनौतीहरुको बारेमा एक खोजमुलक कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस्तै शिक्षा सरोकार मञ्च उदयपुरका अध्यक्ष जसबहादुर कार्कीले उदयपुरको शैक्षिक अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कार्यपत्रमा शिक्षाविद् राईले कोभिड १९ को समयमा सात वटै प्रदेशबाट नमुनाको रुपमा सात वटा जिल्ला छनौट गरि गरिएको अनुसन्धान र सर्वेक्षणलाई आधार लिईएको जानकारी गराउनुभयो । सर्वेक्षणको क्रममा तिन सय ३५ जना अभिभावक, तिन सय ५० जना विद्यार्थी, ८५ जना प्रधानाध्यापक हरुसँग छलफल गरिएको कार्यपत्र एवं प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बालबालिकाहरुको सिकाईका लागि गरिएको वैकल्पीक व्यवस्थाहरु अपुग रहेको, प्रविधीको पहुँच भन्दा टाढा ग्रामिण भेगका विद्यालयका बालबालिकाहरु रहेको, कोभिडको समयमा बालबालिकाहरुको सिकाई प्रक्रियामा अभिभावक हरुको सहयोग न्युन रहेको, स्थानिय सरकारको पहल ठोस नभएकोले थप जिम्मेवार र जवाफदेहि हुनुपर्ने लगायतका नतिजा प्रतिवेदनले देखाएको शिक्षाविद राईले बताउनुभयो ।

प्रतिक्रिया

%d bloggers like this: