मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

सवारी दुर्घटनामा २ को मृत्यु, १९ घाइते

पूर्णपुष्टि,मंसिर २६

चितवनमा बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलम मृत्यु भएकोे छ । मृत्यु हुनेमा बोलेरो चालक इच्छाकामना गाउँपालिका–६ का ३० वर्षीय निर्मल गुरुङ र ५० वर्षीया खिमा कुमारी गुरुङ रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये १४ जनाको चितवन मेडिकल कलेज र अन्य ५ जनाको पुरानो मेडिकल कलेजमा उपचाररत भइरहेको छ । उपचारत ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पहाडी क्षेत्रबाट राजमार्ग आउने क्रममा बोलेरो सडक छेउमा रहेको फलामको बिजुलीको पोलमा ठोकिन जाँदा दुर्घटना भएको हो । ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित भित्री सडकखण्डमा चण्डिभञ्जाङबाट राजमार्ग तर्फ आइरहेको ना ४ च ५०५० नं को बोलेरो आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: