मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

आयुर्वेद उपचार भरपर्दो उपचार, अव गाईघाटमै पञ्चकर्म, षट्कर्म, योगा र अकुप्रेशर सेवा

पूर्णपुष्टि/उदयपुर, बैसाख ४ गते

-सगरमाथा अञ्चल आयुर्वेद औषद्यालयले सेवा विस्तार गर्दै पञ्चकर्म, योगा, षट्कर्म र अकुपे्रसर सेवा मंगलबारदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याएको छ ।

केही दिनयता सञ्चालनमा रहेको विस्तारित सेवाहरुको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले उद्घाटन गरेसंगै औपचारिकता पाएको हो । प्रमुख अतिथि परियारले पछिल्लो समय सर्बसाधारणले आयुर्वेदीक चिकित्साको महत्व र फाईदा बुभ्mदै गएको बताउनुभयो । आयुर्वेदिक चिकित्सा परम्परागत उपचार पद्धति पनि भएकाले यसका असर कम र फाईदा धेरै हुने भएकाले यसको विस्तारमा राज्यले ध्यान पुर्याउनुपर्ने बताउनुभयो । विशेष अतिथि प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले आयुर्वेदीक चिकित्सा पद्धती भरपर्दो उपचार पद्धती भएकाले विरामीले धेरै भन्दा धेरै लाभ लिन सक्ने बताउनुभयो ।

औषद्यालय सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले अवका दिनमा व्यवस्थितरुपले औषद्यालयलाई सञ्चालन गरिने बताउनुभयो । विगतमा सुस्ताएको आयुर्वेदीक औषद्यालयलाई अवका दिनमा राम्ररी सञ्चालनमा ल्याएर सर्बसाधारणलाई सेवा प्रदान गरिने बताउनुभयो । अस्पतालको रुपमा विकास गर्त पहल गर्दै जिल्लाको अत्यन्तै धेरै सम्भावना भएको जडिबुटि उत्पादन र प्रवद्र्धनमा समेत जोड दिइने बताउनुभयो । जडिबुटिको पकेट क्षेत्र नै बनाई औषधि उत्पादनसमेत गरेर रोजगारीको वातावरण सिर्जना गरिने उहाँले बताउनुभयो ।
आयुर्वेद चिकित्सक डा. संजिवकुमार यादवले कार्यालयबाट आयुर्वेदीक पद्यतीको उपचारहरु प्रभावकारीढंगले प्रदान भईरहेको र अव विस्तारित सेवाहरुबाट अझ धेरै सर्बसाधारण विरामीहरुलाई लाभ हुने बताउनुभयो । नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले सेवालाई सर्बसाधारणको हितमा सर्बसुलभरुपले विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो ।

प्रहरी प्रमुख एसपी नवराज भट्ट, नगरपालिकाका प्रशासकीय अधिकृत तारानाथ लुइटेल, सुरक्षा प्रमुख, कार्यालय प्रमुख लगायतको उपस्थिति रहेको कार्यक्रममा वक्ताहरुले एलोपेथिक उपचार पद्धतीमा छिटो असर देखाएर निको भएको महशुस गरेपनि ढिलै प्रभाव देखाएपनि दिगोढंगले उपचार भने आयुर्वेदीक पद्धतीबाट हुने बताए । विगतमा सुस्त अवस्थामा रहेको आयुर्वेदीक औषद्यालय अवका दिनमा व्यवस्थित बनेको खण्डमा सर्बसाधारणको रोजाईमा पर्ने उनीहरुले बताए ।

प्रतिक्रिया

%d bloggers like this: