शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

किराप उदयपुरमा नयाँ नेतृत्व

पूर्णपुष्टि/उदयपुर, वैसाख २० गते

-किरात पत्रकार संघ, उदयपुरको चौथो सम्मेलन बिहिबार गाईघाटमा सम्पन्न भएसँगै नयाँ कार्य समितिको चयन भएको छ ।

टम्पसेर राईको अध्यक्षतामा नौं सदस्यीय समिति सर्बसहमत चयन भएको हो । उपाध्यक्षमा रामबाबु राई, सचिवमा बिक्रम राई, सहचिवमा मिनाकुमारी राई र कोषाध्यक्षमा चन्द्रकुमार राई रहेका छन् । सदस्यहरुमा बिवेक राई, बिजय राई, अनिशा राई र अबिषेक राई रहेका छन् । नवनिर्वाचित राईले आफ्नो कार्यकालमा उदाहरणीय काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी केन्द्रीय पार्षदहरुमा देवराज राई, दिनेश राई, सुपराज राई र गंगा राई सर्वसहमत चयन भएका छन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष उजुर राई र पूर्व अध्यक्ष दिनेश राईलाई अभिनन्दन गरिएको थियो ।

किरात राई यायोख्खाका केन्द्रिय उपाध्यक्ष ज्ञान राईको प्रमुख अतिथित्य, किरात राई पत्रकार संघका केन्द्रिय उपाध्यक्ष भोटराज राई, केन्द्रिय सचिव गजेन्द्र राई, नेपाल पत्रकार महासंघ शाखा उदयपुरका अध्यक्ष भरत खड्का, पूर्व अध्यक्ष ईश्वर तामाङ, अग्रज पत्रकार हरिकुमार राई, नीजि रेडियो प्रशारक संघका केन्द्रीय कोषाध्यक्ष नविन राई, फनिजका केन्द्रीय सदस्य विश्वराज तामाङ, फनिज उदयपुरका अध्यक्ष सुपराज राई, तामाङ सञ्चार समुह उदयपुरका अध्यक्ष नरेशमोहन तामाङ लगायतले शुभकामना मन्त्ब्य राखेका थिए ।

प्रतिक्रिया