शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

ठाटीमा दुईदिनपछि मात्र सवारी चल्ने

पूर्णपुष्टि/उदयपुर, असार १३ गते

पहाडी जिल्लाहरु ओखलढुङ्गा, सोलु र खोटाङलाई जोड्ने सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी–घुर्मी सडकखण्ड एक महिनादेखि बन्द रहेकोमा सुचारु हुन अझ दुईदिन लाग्ने भएको छ ।

सो सडकखण्डको ठाटी भन्ने ठाउँमा पहिरोले सडक एक महिनाअघि भत्काएसंगै यातायात सेवा बन्द भएको थियो । भत्किएको सडक मर्मतका लागि सडक भिडिजन कार्यालय लहानलाई एक महिनाको समय प्रदान गरेको थियो । कटारी नगरपालिकाले यातायात व्यवसायी, उद्योग वाणिज्य संघ, स्थानीय प्रशासन, प्रहरी लगायतका सरोकारवालाहरुसंग समन्वय गरी सडकलाई मर्मतका लागिग एकमहिने अवधी प्रदान गरेको थियो ।

सडक मर्मत कार्यका लागि दिइएको एक महिने समय आज पुरा भएपनि मर्मतका लागि अझ काम बाँकी रहेकाले दुईदिन पछि मात्र सञ्चालनमा ल्याउने कटारी नगरपालिकाले निर्णय गरेको छ ।

सडक डिभिजन कार्यालय लहानबाट साईडमा खटिएका इन्जिनियर चित्र रञ्जनका अनुसार करिब १ करोड ४ लाखको लागतमा पहिरोक्षेत्रमा ढलानसडकसहित मर्मत कार्य भईरहेको छ । साथै सोही क्षेत्रमा करिब ९० लाखको लागतमा सडक पीच गर्ने कार्य भईरहेको छ । तर उक्त ठाउँमा लागत र स्टीमेट अनुरुप काम नभएको आरोप स्थानीयको छ ।

प्रतिक्रिया

%d bloggers like this: