बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

आइडल बन्न सुनशेरको कडा मेहनत

पूर्णपुष्टि, उदयपुर, असार २७ ।

गाउँमा गायनमा अब्बल भनेर परिचित सुनशेर राई यति बेला ओखलढुंगामा भईरहेको नेपाल भिजन आर्यडल, सिजन २ मा गायन प्रतिष्पर्धाको क्रममा छन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिका, ४ नम्बर वडामा जन्मि हर्किएका १९ वर्षे सुनशेरले विभिन्न चरण पारगरी टप १६ मा पुगेका छन् । अव उनी टपटेनका लागि प्रतिष्पर्धामा छन् । लोक, आधुनीक, पप सबै खाले गायनमा दक्खल राख्ने उनले विभिन्न गीतहरु गाएर निर्णायक र दर्शक, स्रोताको मन जितिरहेका छन् ।

ओखलढुंगा भिजन, भिजन साप्ताहिकको वार्षिक उत्सवको अवसरमा आयोजित आईडल गत असार ६ गते सुरु भएको हो । आईडलमा छनौट चरमा कहिले काँही मनका कुरा हामीलाई पनि भन… बोलको गीत गायर प्रतिष्पर्धा यात्रा तय गरेका उनले यति चोखो यति मिठो दिउला तिमलाई माया…, पुरा भयो सपना मेरो, देशले रगत मागे, मलाई बली चढाउ…, दैव तेरो मायाको खेलाले.., कान्छिलाई मोहनी जालमा पारेर लान्छु…, चरी मर्यो सिसैको गोलीले, तिमीलाई पाउन बसौकी ध्यान, लोबै लाग्दो रैछनी तिम्रो ज्यान लगायतका गीतमा उत्कृष्ठ प्रस्तुती पस्किसकेका छन् ।

उच्च मनोबलका साथ प्रतिष्पर्धामा रहेका उनको आइडल बन्ने सपना साकार पार्न उत्तिकै मेहनत गरिरहेका छन् । मूल्यांकनको एउटा आधार दर्शक, स्रोताको भोट पनि रहेकाले प्रस्तुती हेरिदिएर, गीत सुनिदिएर भोट दिनहुन उनले अनुरोध गरेका छन् । उनलाई भोट गर्नका लागि एनटीसी वा स्काई मोवाईलमा म्याजेस बक्समा गई vfm 52 टाईप गरी 37799 मा सेन्ड गर्नु पर्नेहुन्छ ।

गायक सचिन राई र प्रविन खड्का निर्णायक रहेको आईटलको फाईनल राउण्ड आगामी साउन २ गते हुने जनाइएको छ ।

भिडियो…

प्रतिक्रिया

%d bloggers like this: