आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

त्रियुगा-१५ छिट्टै पूर्णसरसफाई हुदै

विक्रम राई
पूर्णपष्टि/उदयपुर, असार २९

त्रियुगा नगरपालिका वडा नं १५ रानिवासका स्थानीयहरुलाई बाल्टिन वितरण गरिएको छ । मातृ तथा बालमैत्री स्वास्थ्य र पोषण परियोजना अन्तर्गत वल्र्ड भिजन ईन्टरनेशनलको सहयोग तथा हुरेण्डेकको साझेदारीमा बिहिबार बाल्टिन वितरण गरिएको हो ।

बालमैत्री शासन लागु गर्ने र पूर्णसरसफाई वडा घोषनणामा वडा नं १५ अन्तिम प्रयासमा रहेको भन्दै सामाग्रीहरु वितरण गरिएको छ । १ थान बाल्टिन, साबुन दानीसहित २ ओटा साबुन बितरण गरिएको छ ।

“नेपाली जुटौ बालबिबाह रोकौँ” भन्ने नाराका साथ यतिवेला देशैभर बालमैत्रि साशन लागु गर्ने र पूर्ण सरसफाई युक्त घोषणाको कार्यहरु देशको मुख्य सुचिमा रहेको छ । यसैलाई जोड गर्दै देशैभरी प्रथामिकता रहेको पूर्णसरसफाई अभियानमा सो वडा पनि अन्तिम चरणमा आईसकेको छ ।

वडाको रानिवास पछि खाँवु, डहर र छाम्लिङ गरी ८ सय ३९ घरधुरीलाई वितरण गरिने अनुगमन अधिकृत जितेन राईले बताउनु भयो । हुरेण्डेक र वल्र्डभिजनको प्रतिनिधिहरुले स्थलगत रुपमा पुगि सामाग्रीहरु धमाधम बितरण गरिरहेका छन् ।

वडाध्यक्ष निरबहादुर मगरले आफ्नो वडामा वितरण भएको सामाग्रीहरुको उपयोग गर्न वडाबासीहरुलाई आग्रह गर्नु भयो । सहयोगी र साझेधारी संस्थाहरुलाई बिषेश धन्यवाद दिदै वडा सरसफाईयुक्त वनाउनमा मद्दत पुराएकोमा पनि धन्यवाद दिनुभयो ।

उहाँले बालबालिकाहरुलाई स्वास्थ्य राख्न सके भोलीको जनशक्तिको रुपमा परिणत हुने बताउनु भयो । बालबालिका भोलीको शक्तिशाली खम्वा र देशको रक्षा गर्ने स्रोत भएको भन्दै उनिहरुलाई आजैदेखि स्वास्थ्य सुधारको निम्ति मुख्य कदम चाल्नु पर्ने बताउनुभयो ।

मानवअधिकार तथा वातावरण विकासको कोषाध्यक्ष फुलकुमारी चौधरीले स्वास्थ्य सवै भन्दा महत्वपूर्ण क्षेत्र रहेको बताउनु भयो । उहाँले वडालाई पूर्ण सरसफाईयुक्त घोषणा गर्न वडाबासी लागि पर्नु पर्ने आग्रह गर्नु भयो ।

चौधरीले समाग्रीको सदुपयोग गरी वडालाई पूर्ण सरसफाई घोषणा गर्न सवैले सकरात्मक भुमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । संस्थाले यस्तो साथ सहयोगको लागि अझै कदम चाल्ने र समयमै यस्ता धरै सामाजिक कार्यहरुको उदाहरण दिने पनि बताउनु भयो ।

सामाग्री पाएपछि वडाबासीहरु खुसि छन् । सामग्र्री पाएकोमा खुसी व्यक्त गर्दै एकबहादुर मगले भन्नुभयो “पहिलेपहिले हामी जंगलमै दिसा गथ्र्यौं । अब समय अनुसार चल्नु पर्छ । सावुन पानीको प्रयोग गर्नु पर्छ । यसले मानिसलाई स्वस्थ्य पार्नेरहेछ ।” अर्का वासिन्दा विष्णुहादुर मगरले अहिले सवैले चर्पिको प्रयोग र सावुन पानीको महत्व बुभ्mदै गएको बताउनुभयो । बेलाबेलामा संस्थाहरुले दिएको तालिम र सचेतना कार्यक्रमले सबैले यसको महत्व बुझेको बताउनु भयो ।

कार्यक्रम संयोजक विकल सुवेदी, टेक्निकल फिल्ड चित्रबहादुर राना, फिल्ड अफिसर चण्डिका तामाङ, वल्र्ड भिजनका सुसाङक बज्राचार्य, पत्रकार लगायतको टोली कार्यक्रम स्थलमा पुगेको थियो ।

प्रतिक्रिया

%d bloggers like this: