मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

त्रियुगा नगरसभा सुरु, पहिलो सुचिको अर्थ सम्बन्धी विधेयक पास

पूर्णपुष्टि/उदयपुर, असार ३२ ।

उदयपुरको त्रियुगा नगरपालिकाको नगर सभा तेस्रो अधिवेशन सोमबारदेखि सुरु भएको छ । नगर प्रमुख मेयर बलदेव चौधरीको अध्यक्षतामा सञ्चालन भएको सभाले आवधिक योजना र विभिन्न विधेयकको मस्यौदा प्रस्तुत गरी आवश्यक छलफलका साथ पास गर्ने जनाइएको छ ।

मेयर चौधरीले आवधिक योजना प्रस्तुत गरेको सभामा पहिलो सूचिमा अर्थ सम्बन्धी विधेयक २०७५ रहेको थियो । उपमेयर देवीकुमारी चौधरीले प्रस्तुत गरेको उक्त विधेयक सर्बसहमत पास भएको छ ।

त्यसैगरी सभामा संस्था दर्ता सम्बन्धी विधेयक, सहकारी सम्बन्धी विधेयक, विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्ने बनेको विधेयक प्रस्तुत गर्र्नेे भएको छ । त्यस्तै विद्यालय शिक्षा व्यवस्थापन कार्यविधी, विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधी, त्रियुगा नगरपालिका बजार अनुगमन निर्देशिका लगायतका विषयगत संयोजकहरुले प्रस्तुत गर्ने कार्यक्रम रहेको नगरपालिकाका सुचना अधिकारी विश्वजित राईले बताउनुभयो ।

सभामा नगरका १६ वटै वडाका वडाध्यक्ष, सदस्यहरु, महिला सदस्यहरु, दलित महिला सदस्यहरु तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया

%d bloggers like this: