शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

कुपोषितबाट बचाउन सामुहिक चुल्हो

विक्रम राई/उदयपुर साउन २८ ।

कुपोषित बच्चाहरुलाई स्वास्थ्य बनाई उनिहरुको स्वस्थ्य जीवन बाच्न पाउने हकलाई मध्यनजर गर्दै समुदायमा कुपोषित हुन लागेको बालबच्चाहरुलाई पहिचान गरी उदयपुरको बिभिन्न स्थानहरुमा सामुहिक चुल्हो कार्यक्रम गरिएको छ ।

मानवअधिकार बातावरण केन्द्र (हुरण्डेक) र वल्र्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा वाल स्वास्थ्य र पोषण परियोजनाअन्तर्गत तिन महिना देखि रौता, खाँबु, ओख्ले र तावाश्री गरी ४ वडाहरुमा सो कार्यक्रम सञ्चालन भईरहेको छ ।
कार्यक्रममा १५६ बालबालिकाहरुलाई समावेश गरिएको थियो । बिषेश गरी ६ देखि ३६ महिना सम्मको बच्चाहरुलाई पहिचान गरी सुपोषित पार्न स्थानीय स्थरमा रहेको पौष्टिक उत्पादनलाई बिभिन्न प्रकारको पौष्टिक आहारा बनाई खुवाउनु पर्ने कुरामा आमाहरुलाई सचेत गराएको परियोजना अनुगमनअधिकृत जीतन राईले बताउनुभयो ।

सहभागी मध्ये कुपोषितको जोखिममा रहेको ६ देखि १० जना बच्चाहरुलाई भने तत्काल छनौट गरी उनिहरुलाई कुपोषित बाट बचाउन आवश्यक पौष्टिक आहारा बनाई खुवाउने तरिकाहरु आमाहरुलाई कार्यक्रममा सिकाईएको पनि राईले बताउनु भयो ।
उनिहरुलाई कार्यक्रमा स्थानियपौष्टिक उत्पादन बाट नै सामुहिक रुपमा विभिन्न खानाको प्रकार बनाएर १२ दिन सम्मलगातार खुवाउने र पकाउने तरिका हरु पनि सिकाईएका थियो । १२ दिनपछि २८ दिन सम्मभने आमाहरु आफैले घरमै बनाएर खुवाउनु पर्ने बताएकोे छ ।

यस परियोजना कार्यक्रमले बालबच्चाहरुको स्वास्थ्यमा असर पुराउने कुनै पनि यस्ता रोगहरुको बिरुद्ध लड्न आफ्नै स्थानीय स्थरमा पाइने अन्न, फलफुल, गेडागुडी, दुधबाट हुने परिकार (पौष्टिक तत्व) हरुलाइ समायोजन गरि विभिन्न तरिकाको पौष्टिक आहाराबाट लिटो बनाइ खुवाउनको लागि सहजिकरण गरेको छ ।

बालबच्चाहरुको स्वास्थ्य सुधारका निम्ति सहयोग पुप्याउने अभिप्रायले सञ्चालनगरिएको यस कार्यक्रममले अतिकुपोषित भएका बालबच्चाहरुलाई पुनस्थापना केन्द्र पठाउन को लागि अभिभावकहरुलाई केहि आर्थिक पनि सहयोग गर्दै आईरहेको छ । यसर्थ ः यो आर्थिक वर्ष २०१८ मा २० वटा सेसन संञ्चान रहेकोमा सवै सेसन पुरा भएको कार्यक्रम सँयोजक विकल सुवेदिले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

%d bloggers like this: