मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

वालवालिकाको शिक्षामा आमा समूहको महत्व

जव शिक्षा विग्रियो तव सवै घर विग्रियो, समाज विग्रियो, विद्यालय विग्रियो, हुँदा हुँदा देशै विग्रियो । अनि कसरी सुध्रिन्छ समाज ? समाज परिवर्तनको लागि राजनीति गरेको भनेर वच्चैदेखि सुनेको अझै भन्न छाडेको छैन । अनि यो पर्खाइ कहिलेसम्म हो !

  • जसवहादुर कार्की
    अध्यक्ष, शिक्षा सरोकार मञ्च – उदयपुर 

कोरोना भाइरसको कारण २०७६ चैत्र ५ गतेदेखि लामो समयसम्म विद्यालय वन्द रहेको कारण अधिकांश वालवालिकाले विद्यालय जाने, आउने, विभिन्न क्रियाकलाप गर्ने, साथीसंगी तथा शिक्षकहरुसँगको उठवस, वोलीचाली, व्यवहार विलकुलै नौलो लाग्ने अवस्थामा पुर्यायो । हामी सवै मिलेर विद्यालयलाई खण्डहरमा परिणत गरियो । आठ महिनापछि विद्यालयहरु खुलेका छन् तर वालवालिका खेल्ने चौरीको के हाल भयो ? वालवालिकाले लगाएको फूलवारी कसले गोडमेल गर्दैछ ? विद्यालयको करेसावारीमा उम्रेको झार कसले उखेल्दैछ ? त्यो भन्दा नि महत्वपूर्ण कुरा एकअर्को बीचको आत्मियता, सूचना आदान–प्रदान, रहन सहन, वोल्ने, हाँस्ने, खेल्ने आदि अनेकौं नयाँ नयाँ सिकिने कुराहरुको जुन क्षति भएको छ त्यसको पूर्ति हुने दिन कहिले आँउछ ?

कलिलो तथा भोको वालमस्तिष्कमा गुरु, गुरुआमाहरुले दैनिक दिने खुराकको क्षतिपूर्ति सायदै नहुन पनि सक्छ । जुन समयमा जुनकुरा सिक्नुपर्ने हो समय घर्केपछि ठेक्कामा काम गरेजस्तो त पक्कै हुन्न होला ! खाली दिमाग सैतानको घर भनेझै वालवालिकाको दिमाग त पक्कै खाली वसिरहन्न । खाली ठाउँमा जे मिल्छ त्यसैले भर्ने नै हो । हाम्रा गाउँघरको त्यस्तो अव्वल वा उत्तम खालको चालचलन पनि प्राय हुन्न । वालवालिकालाई मायाँ गर्ने, गलत वाटोमा हिड्न लागेकोलाई सही दिशामा फर्काउने हामीमा सोच विकास भएको पनि छैन । अर्काका वालवालिका प्रति सकारात्मक दृष्टिकोण राख्ने चलन पनि छैन । वाटो विराएकोलाई फर्काउनु भन्दा अलिअलि मात्र खुस्केकोलाई पुरा खुस्काउन, पिडामा रहेकोलाई ढाडस दिने भन्दा अनेक थोक भनेर झन पिडा थप्ने, विरामीलाई मनोवल उकास्ने वा वाँच्नको लागि सहारा दिने भन्दा पिडा थप्न मद्दत गर्ने खालका शव्दहरु हामीलाई फटाफट आउँछ । यस्तो समाजवाट हाम्रा वालवालिकाहरु अनेकौं उल्झनहरुलाई परास्त गर्दै अघि वढ्न सक्नेले गरिखान्छ नत्र जीवन भर पछुताउँछ ।

आजसम्मको अध्ययनले प्रमाणित गरिसकेको छ कि संसारमा आफ्नो सन्तान भन्दा प्यारो, महत्वपूर्ण, भरोसायोग्य, विश्वासिलो, आशालाग्दो कोही हुनै सक्दैन । धन सम्पत्ति, साथी भाइ, नातागोता, इष्टमित्र, छरछिमेक, पूर्खौली ठाउँ सवै त्यागि सक्दा पनि आफ्नो सन्तानको मायाँ ममता त्याग्न सक्दैन । यस्ता अमूल्य निधिको भविष्य निर्माता पनि आफ्नो अभिभावक भन्दा ठूलो केही हुन सक्दैन । राज्य तथा राज्यका अवयवहरु ऐन, कानुन, नीति, विधिवाट चल्छ भने घरपरिवार ऐन कानुन छाटेर चल्ने वाला छैन । यसको लागि एकअर्को वीचको प्रेम, मायाँ, स्नेह भन्दा ठूलो हतियार वनेकै छैन । कानुन वमोजिम नियुक्ति भएका शिक्षक, कर्मचारी सरुवा हुन सक्छन् । त्रुटि भयो भने विभागीय सजाय होला, केही समय दुःख पाउला । तर अभिभावकले त्यसो भनेर कहिल्यै धर पाउने छैन । त्यसो भएको हुनाले अव पनि अभिभावकहरुले विषम परिस्थितिका वीच आफ्ना सन्तानको लागि विकल्पहरुको खोजी गरेर नयाँ सोच विकास नगर्ने हो भने समयले पर्खने वा माफ गर्ने वाला छैन ।

वालवालिकाको सवालमा कोभिड १९ अभिसाप भएर देखा प¥यो , त्यो भन्दा पनि खतरनाक स्थिति हामी आफैले निम्त्यायौं । न विद्यालय सुचारु गर्न सकियो नत वैकल्पिक उपाय अपनाउन ! प्रदेश सरकार सामाजिक विकास मन्त्रालयवाट शैक्ष्ँिक सुधारको लागि जारि गरेको निर्देशिकामा आमा समूहको अवधारणा उल्लेख गरेको छ । त्यसै गरी त्रियुगा नगरपालिका शिक्षा ऐन, २०७६ को दफा ३७ मा विद्यालयको सेवा क्षेत्र भित्रका प्रत्येक टोलमा विद्यार्थीका अभिभावक रहने गरी आमा समूहको गठन गर्ने व्यवस्था गरेको छ । स्थानीय तहमा गाउँ÷नगर शिक्षा समिति, वार्ड शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति, टोलमा आमा समूह जस्ता अनेकौं समितिहरु वनाउन सकिन्छ । त्यस मध्ये पनि कामकाजी र विद्यार्थीसँग प्रत्यक्ष रक्त सम्वन्ध रहेको आमा समूह नै हो । आज आशा गर्दा गर्दै माथिल्ला निकायहरु, समितिहरु वालवालिकाको शिक्षाको सवालमा निकम्मा जस्तै भैसकेका छन् । अड्को पड्को तेलको धुप भनेझै अभिभावकले नै विकल्पको खोजी नगर्ने हो भने अरु कुनै माइकालालले केही गर्ने वाला छैन । सवैका खुट्टी छामी सकियो । त्रियुगा नगरपालिका भित्रका विद्यालयहरुमा गठन भएका आमा समूह तथा अन्य पालिकामा पनि त्यसको अनुसरण गरेर टोलटोलमा समूह वनाएर शिक्षाको कार्यक्रम संचालन गर्ने एक मात्र उपाय वाँकी छ ।

हुम्ला जिल्लाको नाम्खा गा.पा.को सुनखानी प्रा.वि.लिलीका आमा समूहले गरेको विद्यालयमा गरेको उदाहरणीय कार्यले सवैको ध्यान तानेको छ । जहाँ आमा समूहका अभिभावहरुले खाद्यान्न, दाउरा लगायत आवश्यक सामग्रीहरु जम्मा गर्ने, विद्यालयमै शिक्षक र विद्यार्थीको लागि पालो लगाएर खाना पकाउने कार्यले वालवालिकाको शिक्षा प्रतिको जिम्मेवारी वारे वोध गराएको छ । अव हरेक ठाउँका अभिभावकहरुको आँखा खुल्न जरुरी छ । जसका सन्तान छन् त्यसले चासो नलिएर अरु कसलाई पर्खने ? शिक्षकले पढाएनन्, कामै गरेनन्, सित्तैमा तलव खाए जस्ता कुरा गरेर धारे हात लाएर सत्तो सराप गरेर समस्या समाधान हुनेवाला छैन । कमसे कम मधौरुले माड खाइदिनु त प¥यो । मानिसको दायित्व केवल सन्तान जन्माउनु र पैसाको पछि लाग्नु मात्र हो र ? होइन । जन्माएका सन्तानलाई उचित शिक्षा दीक्षा दिनु आमा वावुको सवै भन्दा ठूलो कर्तव्य हो । एक छाक खान नपाउँदा अर्को छाक खाँदा हुन्छ, भनेको वेलामा कपडा नपाउँदा पुरानोले काम चलाउँदा पनि हुन्छ , सामान्य दुख विमारको लागि केही समय पछि उपचार गरे पनि हुन्छ । तर, शिक्षा दिने कुरामा पछि परियो भने उसको जीवनको सवैभन्दा अभिसाप हुनेछ , जीवनभर पछुतो हुनेछ । खै कुरा वुझेको !

आज अधिकांश पालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, सरोकारवाला व्यक्तिहरु ऐनमा भएका व्यवस्था, विनियोजन गरिएका वजेट, भैरहेका कार्यक्रमहरु, सेवा सुविधाका कुराहरु, मान सम्मानका कुराहरु, साना तिना झैझगडाका मुद्धाहरु जस्ता झिना मसिना कुराहरुमा अल्झिएको देखिन्छ । नीति, विधि र पद्धति निर्माण गरिसकेपछि फेरी त्यसैमा अल्झिनु पर्ने जरुरी किन ? पद्धति र प्रक्रिया अनुसार काम भै रहेको छ भने हुन दिनु नि ! त्यसैलाई उधिन्ने मात्र त काम होइन होला नि ? विडम्वना र सोचनीय कुरा त्यही नेर छ । विद्यालय स्तरका देशभरमा लगभग ८२ लाख वालवालिकाहरु पढाइवाट वञ्चित भएको अवस्था छ । यतातर्फ पालिकाको , वडाको , विद्यालयको , अभिभावक, शिक्षक , समाजसेवी, शिक्षाप्रेमी, समाजका अगुवाहरुको ध्यान जानु प¥यो ।

जव शिक्षा विग्रियो तव सवै घर विग्रियो, समाज विग्रियो, विद्यालय विग्रियो, हुँदा हुँदा देशै विग्रियो । अनि कसरी सुध्रिन्छ समाज ? समाज परिवर्तनको लागि राजनीति गरेको भनेर वच्चैदेखि सुनेको अझै भन्न छाडेको छैन । अनि यो पर्खाइ कहिलेसम्म हो !

त्यसो भएको हुनाले विलम्व नगरौं पालिका, वडा तथा विद्यालयले वातावरण निर्माण गरौं र टोलमा आमा समूहलाई सक्रिय वनाऔं , शिक्षाको जग वसालौं । यसैमा सवैको कल्याण हुनेछ ।  -धन्यवाद ।

प्रतिक्रिया

%d bloggers like this: