शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

मोहीयानीले गरे खबरदारी

पूर्णपुष्टि/उदयपुर, भदौ ५ गते ।

स्थानीय तहबाट सिफारिस नदिएको र मालपोतबाट आलटाल गरेपछि आप्mनो हकका लागि निवेदन दर्ता गराउन नपाएको भन्दै उदयपुरका मोहीहरुले मंगलबार मालपोत कार्यालय उदयपुरमा धर्ना कसेका छन् ।  अपरान्ह १२ बजेदेखि एकघण्टा धर्ना कसेका मोहीहरुले सरकारले निवेदन दर्ताका लागि दिएको एकवर्षे अवधी वडा कार्यालयको लापरवाही, त्रियुगा नगरपालिकाको वेवास्ता र मालपोतको ढिलासुस्तिले गुज्रिएको आरोप लगाएका छन् ।

वडाले सिफारिस अड्काउने र मालपोतले निवेदन दर्ता नगर्ने गरेर समय गुजार्न लाग्दा राष्ट्रिय भमि अधिकार मञ्च उदयपुरको पहलमा मालपोतले ६१ वटा निवेदन जिम्मासम्म लिएको छ तर एक महिनाभित्रमा वडा सिफारिस ल्याउन भनेको जिल्ला भूमि अधिकार मञ्च, उदयपुरका संयोजक फुर्तीमान राईले बताउनुभयो । नगरका केही वडाहरुले सहजरुपमै उपलब्ध गराए पनि वडा नं. ८, १३ लगायतले अड्काएको हो ।

सबै कागजात पुरा गरेर गएपनि वडाले मोही प्रायोजनका लागि भनेपछि नामसारी, नाम सुधार, नाता कायम जस्ता सिफारिस नदिएको गुनासो मोही हकवाला श्रीदेवी चौधरीले गर्नुभयो ।कतिपय अवस्थामा जग्गाधनीको मिलेमतोमै मोहीको कागजात गायव गरिदिनेसम्मको काम भएको आरोप छ । “वडामा जुटाएको सबै कागज प्रमाण हरायो भनेर गायव गरियो ।” स्थानीय मोहीहकवाला कटकबहादुर दनुवारले भन्नुभयो । अवको एक महिनामा पनि वडा, नगर र मालपोत कार्यालयको भूमिकामा शंका गर्दै खबरदारीका लागि धर्ना कसेका मोहीहरुले मालपोत मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै सरकारले दिएको अवसर र मोही हक गुम्न नदिन जोडदार माग गरेका छन् ।

सरकारले जग्गामा भएको द्वैधस्वामित्व अन्त्य गर्ने उद्देश्यले मोही हकवालालाई मालपोतमा निवेदन दर्ताका लागि २०७५ भदौ ४ गतेसम्मको एकबर्षे म्याद दिएको थियो । जिल्लामा कुल ४३२ मोही रहेकामा मालपोतबाट ३६ वटा निवेदनको मात्र निर्णय भएको छ । हाल वाँडफाँटमा १९ र नामसारीमा ४७ वटा निवेदन दर्ता छन् । अझै ठूलो हिस्सा बेखबर देखिन्छ । बर्षौदेखि पहल गरेपनि वडाको सिफारिस नपाएका कारण निवेदन दर्ता हुन नसकेका मोहीहरुको हितमा एकमहिनाभित्र सिफारिस बुझाउने गरी निवेदन लिएर सहजिकरण गरिदिएको मालपोत अधिकृत नवराज खड्काले बताउनुभयो ।

मालपोत लगत्तै त्रियुगा नगरपालिका पुगेका मोहीहरुले उपमेयरलाई ज्ञापन पत्र बुझाउदै वडाले सिफारिस रोक्नुको कारण र समस्या हलको माग गरे । ज्ञापनपत्र बुझेको नगरपालिकाले भोली नै कार्यपालिकाको बैंठकबाट मोहीको हितमा निर्णय गर्ने उपमेयर देवीकुमारी चौधरीले बताउनुभयो ।

प्रतिक्रिया

%d bloggers like this: