मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

गाउँपालिकाद्धारा कृषकलाई कृषी औजार हस्तान्तरण

पूर्णपुष्टि, चैत ६

उदयपुरको विकट पहाडी लिम्चुङबुङ गाउँपालिकाले कषकहरुलाई कृषी औजार वितरण गरेको छ ।

कृषि उत्पादनमा आत्मनिर्भर बन्नका लागी कृषिमा लाग्ने युवा तथा किसानहरुलाई प्रोत्साहन गर्नका लागि गाउँपालिकाले कृषि सामाग्री हस्तान्तरण गरेको हो ।

गाउँपालिका ‘अध्यक्ष कृषि परियोजना’ अन्र्तगत कृषि विकास शाखाद्वारा आलु पकेट संञ्चालक समिति लिम्चुङ्बुङ गाउँपालिका–३ का नागी, खर्क खलंगा, नगरे र यारिखोला बस्तिका लागि ४ वटा मिनिटेलर वितरण गरेको गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ ।

स्थानीय उत्पादनमा आत्मनिर्भर नभई पालिकाको विकास र समृद्धि नहुने भएकाले अध्यक्ष कृषि परियोना कार्यक्रमलाई महत्वपुर्ण योजना बनाएर गघि बढेको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो ।

आलु पकेट सञ्चालन समितीलाई वितरण गरेको मिनिटेलरले आलु उत्पादनमा किसानलाई थप सहयोग पुग्ने जनाईएको छ ।

प्रसस्त कृषी उत्पादनका लागी योग्य जमिन भएपनि बजारीकणको समस्याले गर्दा स्थानीय किसानले आफुलाई पुग्ने मात्रै उत्पादन गर्दै आएका छन् । पालिकाले कृषकलाई राम्रो उपत्पादन गर्न लगाई बजारको व्यावस्था मिलाएको जनाइएको छ ।

‘अध्यक्ष कृषि परियोजना’ ले कृषकहरुलाई आत्मनिर्भर मात्र नबनाई परिश्रमी र आयआर्जनको माध्याम बन्दै गएको छ । पछिल्लो समयमा आएर गाउँमा उत्पादन हुने तरकारी बजारसम्म पुग्न थालेको जनाईएको छ ।

प्रतिक्रिया

%d bloggers like this: