शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

किरात प्रदेशको माग गर्दै दिप प्रज्वलन

पूर्णपुष्टि/उदयपुर भदौ १८
किरात राई विद्यार्थी संघ उदयपुरले किरात प्रदेशको माग गर्दै आईतबार दिप प्रज्वलन गरेको छ ।
गाईघाटको मेच चौकमा २० औ स्थापना उत्वसको अवसरमा दिप प्रज्वल गर्दै किरात प्रदेशको माग गरेको हो ।
संघिय शासन प्रणली अनुसार पहिचान सहितको प्रदेशको नाम हुनु पर्नेमा जोड दिदै १ नं प्रदेश किरात नामाकरण गर्दा कसैले आपति मान्नु नपर्ने किरात राई विद्यार्थी संघ उदयपुरको अध्यक्ष इशाक राईले बताए ।
संघले १ नं प्रदेश किरात प्रदेश लेखिएको झण्डा गाईघाटको मेन चौकमा राखेको छ । किरात प्रदेश नामकरण नगरि अन्यथा नामाकरण गरेमा किरात विद्यार्थी संघलाई स्विकार्य नहुने किरात राई विद्यार्थी संघ उदयपुरको अध्यक्ष राईले बताए ।

प्रतिक्रिया

%d bloggers like this: